पूर्वन्यायाधीशको शोकमा सर्वोच्च अदालतका सबै सुनुवाइ स्थगित « Khabarhub

पूर्वन्यायाधीशको शोकमा सर्वोच्च अदालतका सबै सुनुवाइ स्थगित


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधनमा सर्वोच्च अदालतका बिहीबारका सबै सुनुवाइ स्थगित भएका छन् । लम्सालको निधनमा शोक प्रस्ताव जारी गर्दै सुनुवाइ स्थगित भएको हो ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले न्यायाधीशहरुको बहिष्कारकाबीच आज पनि इजालास तोकेका थिए । जबराको राजीनामा माग्दै इजलास अघोषितरुपमा बहिष्कार गरिरहेका न्यायाधीशहरूले उनले तोकेको इजलास सोमबारदेखि नै बहिष्कार गरेका छन् ।

जबराले जिल्ला र उच्च अदालतको आदेशले थुनामा परेकाहरुले दिएको निवेदनहरुसहित २८ मुद्दा आफ्नै इजलासमा राखेर पेशी तोके पनि आज सुनुवाइ भएन ।

न्यायाधीशहरुले सोमबारदेखि इजलास बहिष्कार गरेपछि उनले बुधबारदेखि मुद्दा हेर्न थालेका थिए । उनले बुधबार आफ्नो एकल इजलासमा पाँच मुद्दा राखेकामा लुम्बिनी प्रदेशका सभामुखविरुद्ध अदालतको अवहेलना मुद्दा तामेलीमा राख्ने आदेश भयो ।

यस्तै सम्पत्ति शुद्धीकरणको मुद्दामा निवेदन फिर्ता हुने आदेश गरेका थिए भने बन्दी प्रत्यक्षीकरणको दुई मुद्दामा कारण देखाऊ आदेश जारी गरेका थिए ।

यसअतिरिक्त  कालोबजार तथा अन्य केही सामाजिक अपराधसम्बन्धी कसुरको मुद्दामा कैफियत प्रतिवेदन मागसहित  तीनवटामा फैसला र दुईवटामा आदेश गरेका थिए ।

न्यायाधीशहरुले इजलास बहिष्कार गरे पनि जबराले दैनिक पेसी भने तोक्दै आएका छन् । उनले बिहीबार वरिष्ठतम न्यायाधीश दीपक कार्कीको नेतृत्वमा मीरा खड्का, हरिकृष्ण कार्की, हरिप्रसाद फुयाल र डा. मनोजकुमार शर्मा रहेको बृहत पूर्ण इजलास तोकेका थिए ।

बिहीबार बृहत इजलाससहितका १६७ मुद्दाको पेसी चढाए पनि सुनुवाइ भएन ।

स्वचालित पेशी प्रणाली लागू गर्न अनिच्छा जनाएका जबरामाथि कयौँ भ्रष्टाचार काण्डमा भएका फैसला, पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दा अघि नबढाएको, तथा न्यायपालिकाको सुधारमा नलागेर सत्ता चलाउन भागवण्डा खोजेको आरोप लागेपछि न्यायिक वृत्तबाटै उनको राजीनामा मागिएको छ ।

न्यायाधीशहरु, पूर्वप्रधानन्यायाधीशहरू, नेपाल बार एशोसिएसन, सर्वोच्च बार एशोसिएसन तथा न्यायिक क्षेत्रसँग सम्बन्धित संगठनले उनको राजीनामा मागे पनि राजीनामा नदिने बरु महाअभियोग सामना गर्न तयार रहेको अभिब्यक्ति दिएका छन् ।

जबराले महाअभियोग सामना गर्न तयार रहेको बताइरहँदा कयौँ दिनको मौनता तोड्दै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले जबरामाथि महाअभयोग लगाउने विषय छलफलमै नआएको बताएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  १ : ३२ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा