काभ्रेका १० पालिकामा कहाँ कसले गर्दै छन् एमालेको नेत्तृत्व ? | Khabarhub Khabarhub

काभ्रेका १० पालिकामा कहाँ कसले गर्दै छन् एमालेको नेत्तृत्व ?


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभेमा नकेपा एमालेको पालिका अधिवेशनले १० वटा स्थानीय तहमा एमाले हाक्ने नेतृत्व पाएको छ ।

एमालेको पालिका अधिवेशनबाट धुलिखेल नगरपालिकामा दयाराम महत, पनौती नगरपालिका अध्यक्षमा सुरेशप्रसाद हुमागाईं, पाँचखाल नगरपालिकामा विष्णुहरि पौडेल, मण्डनदेउपुर नगरपालिकामा शेरबहादुर डोटेल, बनेपा नगरपालिकामा रत्नकुश रञ्जित, नमोबुद्ध नगरपालिकामा कृष्ण खनाल, चौरीदेउराली गाउँपालिकामा जीतराम लामा, महाभारत गाउँपालिकामा जगत मोक्तान, भुम्लु गाउँपालिकामा कृष्णमान तामाङ र तेमाल गाउँपालिकामा इन्द्रमान तामाङले एमालेको नेत्तृत्व गर्दै छन् ।

जिल्लाका १३ वटा स्थानीय तहमध्ये नौवटा स्थानीय तहमा मंगलबार स्थानीय तहको अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

त्यस्तै नमोबुद्ध नगरपालिकामा भने नेत्तृत्वको लागि आंकाक्षी धेरै भएपछि बुधबार निर्वाचन प्रक्रियाबाट अध्यक्ष छनौट गरिएको थियो । निवार्चनबाट कृष्ण खनाल निर्वाचित भएका थिए ।

काभ्रेका १३ वटा स्थानीय तहमध्ये तीनवटा स्थानीय तहमा अधिवेशन हुन बाँकी छ । जिल्लाको खानीखोला गाउँपालिका, रोशी गाउँपालिका र बेथानचोक गाउँपालिकामा अधिवशेन हुन बाँकी रहेको र केही समयपछि अधिवेशन गरिने एमालेले जनाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ५ : ३० बजे

जग्गा, आवास व्यवस्था पुनरावलोन गर्न कार्यदल गठन

काठमडौं – सहरी विकास मन्त्रालयले जग्गा, आवास विकासमा देखिएका समस्या

दशैंमा पर्यटन विभाग र बोर्डले सेवा सञ्चालन गर्ने

काठमाडौं – बडा दशैंमा पर्यटकको सेवालाई मध्यनजर गरी पर्यटन विभाग

विधिपूर्वक गरियो कात्यायनी देवीको पूजा

काठमाडौं – आश्विन शुक्ल षष्ठीका दिन आज दशैं घर वा

इजरायली हवाई आक्रमणमा लेबनानमा चार जनाको मृत्यु

बेरुत – इजरायली हवाई आक्रमणमा बुधबार मध्य लेबनानमा विस्थापित नागरिकहरूको

ओली र देउवाद्वारा बुढानिलकण्ठमा नयाँ रिसोर्टको उद्घाटन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं