कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा, कांग्रेसलाई समर्थन गर्ने घोषणा « Khabarhub

कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा, कांग्रेसलाई समर्थन गर्ने घोषणा


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार साँझ पदबाट राजीनामा दिएका छन् । उनले प्रदेशवासीका नाममा सम्बोधन गर्दै सत्ता गठबन्धन दलसँग भएको सम्झौता कार्यान्वयनमा इमान्दार भएर राजीनामा दिएको बताएका छन् ।

राजीनामा दिँदै शाहीले नयाँ सरकार बनाउनका लागि कांग्रेसलाई समर्थन गर्नेसमेत घोषणा गरेका छन् । शाहीको सरकार तीन वर्ष ८ महिनामा ढलेको हो । गत वैशाखमा शाहीले राखेको विश्वासको मतको प्रस्तावमाथि मतदान हुँदा कांग्रेस र माओवादीबीच ६ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार सोमबार ठिक ६ महिनापछि उनले राजीनामा दिएर कांग्रेसलाई समर्थन गरेका हुन् ।

कांग्रेसबाट नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने सम्भावना छ । ४० सदस्यीय प्रदेश सभा हाल ५ सदस्यीय छ । सबैभन्दा ठूलो दल एमाले सभामुखसहित १६, माओवादी १३, कांग्रेस ६ र राप्रपाको १ सिट छ । सरकार बनाउन कांग्रेस र माओवादीबीच गठबन्धन भए बहुमत पुग्छ ।

राजीनामा दिनुअघि प्रदेशवासीका नाममा सम्बोधन गर्दै शाहीले आफ्नो सरकारले गरेका कामबारे लामो चर्चा गरेका थिए । ७ प्रदेश मध्ये अब माओवादी नेतृत्वको सरकार सुदूरपश्चिम र लुम्बिनीमामात्र रहेको छ भने कांग्रेस गण्डकीपछि दोस्रो प्रदेश कर्णालीमा सरकारको नेतृत्व गर्ने तयारीमा छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ७ : २३ बजे

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न