प्रचण्डको आश्वासन पूरा गर्लिन् त मन्त्री शशी श्रेष्ठले ? « Khabarhub

प्रचण्डको आश्वासन पूरा गर्लिन् त मन्त्री शशी श्रेष्ठले ?


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सोमबार सुझाव लिन मन्त्रालयमा सञ्चारकर्मी बोलाइन् । उनले सुझाव मागे पनि सञ्चारकर्मीले प्रश्न तेर्स्याए ।

त्यसमा एक थियो, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आश्वासन । सोमबार कीर्तिपुरमा भएको कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘हाम्रो पार्टीले मन्त्रालय पाएको छ । चुनावअघि नै सबैले लालपूर्जा पाउँछन् ।’

यो आश्वासन सम्भव छ भन्ने प्रश्न माओवादी केन्द्रबाट मन्त्री बनेकी श्रेष्ठतिर सोधियो । प्रश्नको आशय थियो, ‘प्रचण्डको आश्वासन शशीले मन्त्री भएर पूरा गर्न सक्छिन् कि वा प्रचण्डको राजनीतिक फण्डामात्रै हो ?’

‘भन्नेभन्दा गर्नु उपयुक्त हुन्छ । मैले जे काम गर्छु त्यही समाचार बनोस् । यो गर्छु, त्यो गर्छु भन्दिन,’ मन्त्री श्रेष्ठ अघि बढिन्, ‘मेरो लागि यो मन्त्रालय विल्कुल नयाँ हो । यद्यपि नागरिकको हिसाबले भोगाई छ । यो मन्त्रालयको जिम्मेवारी दिएको छ । दिएको जिम्मेवारीबाट भाग्दिन,’ शशीले जिम्मेवारी दिएकाले पूरा गर्छु भन्ने आशय व्यक्त गरिन् ।

उनले यसको सुरुवात महोत्तरीबाट गर्न लागेको पनि जानकारी गराइन् । यसका लागि आफू मंगलबार महोत्तरी जान लागेको सुनाइन् ।

उनकाअनुसार महोत्तरीको रामगोपालपुरबाट लालपूर्जा बाँड्न सुरु हुँदैछ । शशीले सदरमुकाम जाने बाध्यता र झन्झट पनि अन्त्य गर्दै गाउँमै लालपूर्जा पाउनेगरी घुम्ती शिविर गर्न लागेको बताइन् । यसले सदरमुकाम गएर लाइन लाग्नुपर्ने अवस्था अन्त्य हुने, बिचौलिया र टेबुलमुनि घुस दिनुपर्ने अवस्था पनि निरुत्साहित हुने उनको विश्वास थियो । उनले ठूलो कामभन्दा सानो जनस्तरलाई छुने काम गरेर पछि ठूला काम गर्ने पनि उल्लेख गरिन् ।

शशीले प्रचण्डको आश्वासन पूरा गर्न सकिन्छ भन्ने प्रश्नको जवाफ आउनेगरी सुकुम्बासी आयोगलाई छिट्टै पूर्णता दिएर काम अघि बढ्ने बताइन् । उनले अघिल्लो सरकारले प्रचारगरे जस्तो लाजपूर्जा बाँडेको नपाइएको भन्दै सुकुम्बासी आयोग खारेज गर्ने र नयाँ बनाउने निर्णयको बचाउ पनि गरिन ।

एक/दुई ठाउँमामात्र बाँडेको र १४ ठाउँमामात्रै तयारी रहेको भन्दै यद्यपि राम्रो कामको स्वामित्व लिने बताइन् । प्रचण्डको आश्वासन पूरा हुनेरनहुने स्पष्ट जवाफ शशीबाट नआए पनि उनले कुराभन्दा काम गरेर जाने सन्देश दिइन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ९ : २४ बजे

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न