राजेन्द्र राईले मुख्यमन्त्रीको सपथ लिँदै, चार जनालाई आजै मन्त्री बनाउने तयारी | Khabarhub Khabarhub

राजेन्द्र राईले मुख्यमन्त्रीको सपथ लिँदै, चार जनालाई आजै मन्त्री बनाउने तयारी


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई आज प्रदेश-१ को मुख्यमन्त्री बन्ने भएका छन् । उनलाई दिउँसो २ बजेपछि मुख्यमन्त्रीको सपथग्रहण गराउने तयारी भएको छ ।

मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत पाउने अवस्था नरहेपछि सोमबार राजीनामा दिएका थिए । लगत्तै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न मंगलबार दिउँसो १ बजेसम्मको समय तोकेका थिए । सरकार गठनको आह्वान गरेलगत्तै राईले सोमबार अपराह्न ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

उनलाई नेकपा (एस)सँगै नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका सांसदको समर्थन छ ।

राईले आजै चार सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी पनि गरेका छन् । यसका लागि उनले तत्काललाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका दुई दुई जना सदस्यलाई मन्त्री बनाउने तयारी गरेका छन् ।

मन्त्रीका लागि माओवादी केन्द्रबाट संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोसँगै, झलकसिंह दर्लामी, रामकुमार राई, धिरेन्द्र शर्मा, उमिता विश्वकर्मा, कुसुम श्रेष्ठको नाम चर्चामा छ ।

नेपाली कांग्रेसमा हिमाल कार्की, केदार कार्की, ओमप्रकाश सराबगी, प्रकाशप्रताप हाङ्गाम, विन्दिया कार्कीलगायतले मन्त्रीका लागि लविङ गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ११ : ५३ बजे

नेपालमा एमसीसी परियोजना जारी रहने

काठमाडौं– संयुक्त राज्य अमेरिकाले ९० दिनको वैदेशिक सहायता रोक्ने निर्णयलाई

दर्शकसँग चिनाउने निर्देशकसँग १० वर्षपछि दोस्रो सहकार्य गर्दै प्रदीप

काठमाडौं – नायक प्रदीप खड्का र निर्देशक सुदर्शन थापाले फेरि

३० दिने सिप मेला टुँडिखेलमा जारी, स्वरोजगारतर्फ महानगरको ठोस पहल (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाद्वारा टुँडिखेलमा आयोजित सिप मेला-२०८२ को ३० दिने

ट्रम्पलाई खामेनीको जवाफ- इरानी आत्मसमर्पण गर्नेमा पर्दैनन् 

काठमाडौं– इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ