सडक विभागले पोखरामा २६ स्थानमा ट्राफिक लाईट राख्दै « Khabarhub

सडक विभागले पोखरामा २६ स्थानमा ट्राफिक लाईट राख्दै


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा-  सडक विभागले पोखराका विभिन्न २६ स्थानमा ट्राफिक बत्ती राख्ने भएको छ । पहिलो चरणमा मुख्य ११ स्थान (चोक)मा र दोश्रो चरणमा थप १५ स्थानमा बत्ती राख्न लागेको हो ।

विभागले एक वर्षअघि पहिलो चरणको बत्ती राख्नेगरी अध्ययन गरेको थियो । यही क्रममा केही महिनाअघि महेन्द्रपुलमा बत्ती राखिएको हो । तर सडक राम्रो नभएकोले प्रयोगमा आएको छैन ।

यही वर्ष पृथ्वीचोक, सभागृहचोक, बिपी चोक, बिरौटा चोक, अमरसिंह चोक, जिरो किलोमिटर, हल्लनचोक, सिर्जनाचोक र राष्ट्र बैंक चोकमा बत्ती राखिने महानगरपालिकाले जनाएको छ ।

प्रत्येक चोकमा बत्ती राख्न २५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । पहिलो चरणमा तीन करोड लागत अनुमान गरिएको छ । ‘पहिलेको अध्ययनमा २२ लाख लाग्ने अनुमान थियो । अहिले लेटेस्ट भर्सनको बत्ती राख्ने योजना छ । त्यसैले लागत बढेको हो,’ पोखरा महानगरका इन्जिनियर सुरेन्द्र पौडेलले भने, ‘यहीँ वर्ष टेण्डर निकालेर काम सक्ने कुरा छ ।’

उनका अनुसार थप १५ वटा चोकमा पनि अध्ययन सुरू भएको छ । सडक बत्ती राख्न महानगर र सडक विभागबीच छलफल भएको छ ।

२०५८ सालमा सडक बत्ती राखिए पनि विभिन्न आन्दोलनमा बत्ती फुटाइयो । त्यसपछि बत्ती राखिएको छैन । अन्तर्राष्ट्रिय सहर पोखरामा सडक व्यवस्थापन राम्रो छैन । दैनिक ट्राफिक चाप बढ्दै गएको छ ।

दुई वर्षअघि यहाँका चोकहरूको आइल्याण्ड घटाइएको थियो । चोकमा भएका शालिकलाई विभुति पार्क बनाएर सारिएको छ । ट्राफिक लाईटसँगै विद्युत प्राधिकरणले पोखरामा स्मार्ट बत्ती राख्ने टेण्डर निकालेको छ । ८० किलोमिटर सडकमा स्मार्ट बत्ती राख्ने तयारी गरेको हो ।

 

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  २ : २४ बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ