राजदूतका प्रस्तावित व्यक्तिविरुद्ध उजुरी आह्वान (भिडियोसहित) « Khabarhub

राजदूतका प्रस्तावित व्यक्तिविरुद्ध उजुरी आह्वान (भिडियोसहित)


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संसदीय सुनुवाइ समितिले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन १० दिने सूचना आह्वान गर्ने निर्णय गरेको छ ।

मंगलवार सिंहदरवारमा बसेको समितिको बैठकले प्रस्तावित राजदूतहरुको सुनुवाइ प्रक्रिया सुरु गर्दै उजुरी भए पठाउन १० दिनको समय निर्धारण गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

कर्णका अनुसार संसद सचिवालयले उजुरी आह्वानका लागि सुचना प्रकाशित गरेको अवधि नाघेपछि शिफारिसमा परेका राजदूतको सुनुवाइ गरी अनुमोदनको प्रक्रिया सुरु हुनेछ ।

११ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो ।

 

 

 

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  २ : ५३ बजे

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न