अवैध काठसहित ट्याक्टर नियन्त्रण | Khabarhub Khabarhub

अवैध काठसहित ट्याक्टर नियन्त्रण


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- रुपन्देही प्रहरीले अवैध काठसहित ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय धकधईका प्रमुख प्रहरी नायव निरीक्षक हरिनारायण श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले रुपन्देहीको रोहिणी गाउँपालिका–४ पकडिहवाबाट उक्त काठ र ट्याक्टर नियन्त्रणमा लिएको हो ।

लु२त ४६११ नम्बरको ट्याक्टरमा लोड गरिरहेको अवस्थामा सगुन र बकाइनोका ५२ गोलिया काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।

ट्याक्टरसहित करिब सात लाख ५० हजार मूल्य बराबरको काठ बरामद गरी आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय रुपन्देही पठाइएको थापाले जानकारी दिए । चाडपर्वका बेला तस्करी बढेको भन्दै रुपन्देही प्रहरीले ठाउँठाउँमा गस्ती टोली खटाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ३ : ३० बजे

पहिरोले कोदारी राजमार्ग अवरुद्ध, छ सय ‘कन्टेनर’ सीमापारि

चौतारा– पहिरोले अवरुद्ध कोदारी राजमार्ग सञ्चालन नहुँदा सागसब्जी र फलफूल

नबिल बैंकको म्युचुअल फण्ड ‘एन आई ३१’ निष्काशन, कस्तो छ सुरपरिवेक्षको योग्यता ?   

काठमाडौं– नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने दोस्रो खुलामुखी योजना

स्वस्तिक लघुवित्तको आईपीओ खुल्यो 

काठमाडौं –स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबारबाट सर्वसाधारणका लागि साधारण

परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ७९ औँ स्वतन्त्रता

उद्योग व्यवसाय बन्द हुने दर बढ्यो

म्याग्दी– पछिल्लो तीन वर्षयता म्याग्दीमा उद्योग व्यवसाय दर्ताको तुलनामा बन्द