२१ सांसदको समर्थनमा जीवनबहादुर शाहीले पेश गरे सरकार बनाउने दाबी « Khabarhub

२१ सांसदको समर्थनमा जीवनबहादुर शाहीले पेश गरे सरकार बनाउने दाबी


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेश गरेका छन् । प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले मंगलबार साँझ साढे ७ बजेसम्म दाबी पेश गर्न समय दिएका थिए ।

शाहीले मंगलबार २१ सांसदको समर्थनमा दाबी पेश गरेका हुन् । कांग्रेसका ६, माओवादी केन्द्रका १३ र नेकपा (एकीकृत) समाजवादीका ३ सांसदको उनलाई समर्थन रहेको छ । कर्णाली प्रदेश सभा ४० सदस्यीय भए पनि ५ पद रिक्त भएकाले हाल ३५ जनामात्र सांसद छन् ।

माओवादी नेता महेन्द्रबहादुर शाहीले सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनले गत वैशाखमा कांग्रेससँग भएको सहमति अनुसार कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न राजीनामा दिएका थिए ।

शाहीले बहुमत सांसदको समर्थनमा दाबी पेश गरेकाले उनलाई मंगलबारै शपथ गराउने प्रदेश प्रमुखको कार्यालयको तयारी छ । मंगलबार बेलुका ८ बजेपछि शाहीले शपथ ग्रहण गर्ने जनाइएको छ ।

शाही मुख्यमन्त्री बनेपछि देशका ७ मध्ये २ प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बन्ने छ । यसअघि गण्डकीमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेका छन् । कांग्रेस सातै प्रदेशको सरकारमा सहभागी छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ४ : ४२ बजे

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण

विश्वकप : रोनाल्डो-रिभाल्डोपछि एम्बाप्पे र डेम्बेलेको नाममा बन्यो दुर्लभ कीर्तिमान

काठमाडौँ – फिफा विश्वकप २०२६ मा फ्रान्सेली स्ट्राइकरद्वय किलियान एम्बाप्पे

गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी

काठमाडौं–  सरकारले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर

वर्षामा बीपी राजमार्ग : अवरुद्ध भए आधा घण्टामै सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक – पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भएर पुनर्निर्माण भइरहेको बीपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली

मोरक्कोसँगको खेलमा एम्बाप्पे घाइते : कस्तो छ चोट ?

काठमाडौं – फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा मोरक्कोविरुद्धको जितका क्रममा