न्याय क्षेत्रको समस्या समाधान गर्न प्रधानन्यायाधीशले विवेकसम्मत निर्णय गर्नुपर्छ : कोइराला « Khabarhub

न्याय क्षेत्रको समस्या समाधान गर्न प्रधानन्यायाधीशले विवेकसम्मत निर्णय गर्नुपर्छ : कोइराला


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले न्यायपालिकामा देखिएको समस्या समाधान गर्न प्रधानन्यायाधीशले विवेकसम्मत निर्णय गर्नुपर्ने बताएका छन् ।

मानव अधिकार तथा शान्ति समाजले काठमाडौँमा आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा उनले न्यायपालिकामा भएका विषयमा बोल्नै हुँदैन भन्ने सोच लोकतान्त्रिक हुन नसक्ने बताए ।

‘न्यायाधीशको निर्णयलाई मान्नुपर्छ तर यसको अर्थ न्यायपालिकामा भएका विकृतिका विषयमा बोल्न पाइन्न भन्ने होइन, सबै निकाय जवाफदेही र उत्तरदायी हुनुपर्छ, समाजलाई पनि जवाफदेही र उत्तरदायी बनाउन नसकेसम्म राजनीति गर्नेले भाषण गरेरमात्र केही हुन्न’, उनले भने ।

नेता कोइरालाले देश भद्रगोल अवस्थामा पुगेकाले सबै निकाय जिम्मेवार भएर काम गर्नुपर्ने उल्लेख गर्दै आफूले नगर्ने अरुलाई मात्र भन्ने प्रवृत्तिले कुनै उपलब्धि नहुने बताए ।

महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान श्रवण मुकारुङलाई समाजद्वारा स्रष्टा सम्मान अभियानअन्तर्गत स्थापित पुरस्कार २०७८ आज आयोजित कार्यक्रममा प्रदान गरिएको छ । वर्ष २०७८ को महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान श्रवण मुकारुङलाई प्रदान गरिएको छ ।

यसैगरी चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्रा डा वेणीमाधव ढकाल, कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान रामरिझन यादव, ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान रामबहादुर पहाडी, राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान रत्ननिधि रेग्मी, मानबहादुर रावल वातावरण स्रष्टा सम्मान रामेश्वरी पन्त, गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात प्रतिसरा सायमी, जोगमाया बराल स्रष्टा सौगात विना थिङ तामाङ, राधादेवी दाहाल स्रष्टा सौगात मनु विक, जनककुमारी रेग्मी स्रष्टा सौगात मेनका पोखरेल आचार्य, पद्मप्रसाद दाहाल स्रष्टा सौगात देवकी तिमल्सिना रोकाया, श्रीप्रसाद दाहाल स्रष्टा सौगात सुदेश सत्याल र वर्ष २०७७ को राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान निलम कार्की निहारिकालाई प्रदान गरिएको हो ।

कांग्रेस नेता कोइरालाले पुरस्कृत स्रष्टालाई रु २० हजार नगद राशिसहित ताम्रपत्र प्रदान गरेका थिए ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा समाजका सभापति गोविन्द खनाल, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ लगायतले समाजका गतिविधिका बारेमा प्रकाश पारेका थिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ७ : ०६ बजे

राष्ट्रपति पौडेलबाट सीता जयन्तीको शुभकामना

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सीता जयन्तीको अवसरमा सबै नेपालीबीचको एकतालाई

देव गुरूङलाई प्रश्न : संविधान संशोधन बहसपत्र कार्यदलले के गर्दैछ ?

काठमाडौं- सरकारले गठन गरेको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’

कायरोमा नेपाल–इजिप्ट मैत्री दौड

काठमाडौँ– सगरमाथा दिवस र अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा कायरोमा शुक्रबार

हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्रलाई भने- ‘जनतालाई धेरै दुःख नदिनु’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद हर्कराज राई

थापाथलीको सुकुमबासी बस्तीमा चल्यो डोजर (तस्बिर)

काठमाडौँ– सरकारले काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्तीमा डोजर चलाइएको छ ।