कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीद्वारा शपथ ग्रहण « Khabarhub

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीद्वारा शपथ ग्रहण


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मंगलबार अबेर उनलाई शपथ गराएका छन् । शाही मंगलबारै मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

मंगलबार मुख्यमन्त्रीलेमात्र शपथ ग्रहण गरेका छन् । अन्यमन्त्रीहरुको शपथ ग्रहण मंगलबार भएन । कांग्रेस प्रदेशसभा संसदीय दलका नेता शाही माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा मुख्यमन्त्री बनेका हुन् । शाही कांग्रेसबाट मुख्यमन्त्री बन्ने दोस्रो व्यक्ति हुन् ।

२०७४ को प्रदेशसभा निर्वाचनमा कर्णालीका २४ प्रत्येक्ष सिटमध्ये कांग्रेसले एकमात्र सिट जितेको थियो । शाही हुम्लाबाट प्रत्येक्ष निर्वाचित कांग्रेस सांसद हुन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ९ : १५ बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल