राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने « Khabarhub

राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुर जिल्ला प्रशासन कार्यालयले तिहारमा राति ९ बजेपछि देउसीभैलो खेल्न राेक लगाएकाे छ । कार्यालयले एक सूचना जारी गर्दै तिहारमा शान्ति सुरक्षा कायम गर्न राति देउसीभैलो र नाचगान कार्यक्रम नगर्न निर्देशन दिएकाे हाे ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कोरोना भाइरसको संक्रमण घट्दै गए पनि अझ जाेखिम रहेकोले मन्दिरमा पूजाआजा गर्न जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, भाैतिक दूरी कायम गर्न अनुरोध गरेको बताइन् ।

सूचना अनुसार तिहारमा देउसीभैलो, नाचगान लगायतका कार्य राति ९ बजेसम्म मात्र सभ्य एवम् शान्तिपूर्वक गर्न र त्यस्ता कार्य गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने गरी कुनै गतिविधि नगर्न र नगराउन अनुरोध गरिएको छ ।

पटका, आतिसवाजी जस्ता प्रज्वलनशील एवम् विष्पोटक पदार्थ उत्पादन, ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न भनिएकाे छ ।

सूचना अनुसार मादक पदार्थ लगायतका नशालु पदार्थ सेवन गरी पर्वको समयमा सार्वजनिक स्थलमा होहल्ला, झैं झगडा जस्ता कार्य गरी शान्ति सुरक्षालाई असर पर्ने कुनै कार्य नगर्न निर्देशन दिइएकाे छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ६ : ४० बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल