बेलायतमा प्रधानमन्त्री देउवासँगको भेटपछि मोदीले भने–नेपाललाई जुनसुकै बेला सहयोग गर्न भारत तयार छ « Khabarhub

बेलायतमा प्रधानमन्त्री देउवासँगको भेटपछि मोदीले भने–नेपाललाई जुनसुकै बेला सहयोग गर्न भारत तयार छ


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप– २६ को अवसरमा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग बेलायतमा भेटवार्ता गरेका हुन् । भेटका अवसरमा दुई नेताबीच द्विपक्षीय पक्षीय सम्बन्धलगायका विषयमा छलफल भएको बेलायतस्थित नेपाली दूतावासले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री देउवाले नेपालको पूर्वाधार, रेल मार्ग, पेट्रोलियम पाईप लाईन, पुर्ननिर्माणका परियोजनालगायका क्षेत्रमा भारतले गरेको सहयोगप्रति मोदीलाई धन्यवाद दिएका थिए । त्यस्तै, कोभिडबिरुद्धको खोप र अत्यावसेकीय औषधी आपूर्तीमा नेपाललाई भारतले प्रदान गरेको सहयोगप्रति पनि प्रधानमन्त्री देउवाले मोदीलाई धन्यवाद दिएका थिए ।

विगतमा जस्तै रसायनिक मलको आपूर्तिमा भारतको निरन्तर सहयोग हुने पनि देउवाले आशा व्यक्त गरे । सो अवसरमा देउवाले महेन्द्रनगर, धनगढी, नेपालगन्ज र भैरहवाबाट थप हवाई मार्ग प्रवेशका लागि अनुमति दिन भारत सरकारसँग अनुरोध गरे ।

जबाफमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्धलाई अझै सशक्त बनाउन थप कार्य गर्ने बताउँदै नेपाललाई आवश्यकताअनुसार पूर्ण सहयोग गर्ने आश्वासन दिएका थिए । प्रधानमन्त्री देउवाले श्रीलंकाका राष्ट्रपति गोटावाय राजापाक्षेसँग पनि भेट गरेका थिए । भेटका अवसरमा दुई देशबीच शिक्षा र सांस्कृतिक सम्बन्ध प्रबद्र्धन गर्नेलगायतका विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ८ : २२ बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल