कौडा खालबाट वडा सदस्यसहित २९ जना पक्राउ « Khabarhub

कौडा खालबाट वडा सदस्यसहित २९ जना पक्राउ


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँमा जनप्रतिनिधिसहित २९ जना कौडा खालबाट पक्राउ परेका छन् । शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी लालिममा विलबहादुर गुरुङको घरमा कौडा खेलिरहेकालाई प्रहरीले मंगलबार राति पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा शुक्लागण्डकी-८ विलबहादुर गुरुङ, घरधनी विलबहादुर गुरुङ, भानुभक्त पराजुली, नारायणसिंह थापा, चुडामणि पौडेल, रमेश भट्टराई, पदमबहादुर गुरुङ, भरत गुरुङ, मुमलाल विक, रोशन भट्टराई, प्रकाश भट्टराई, सोमप्रसाद पौडेल, श्याम गुरुङ र मणिरत्न पौडेल रहेका छन् ।

शुक्लागण्डकी–४ का सुरज रामजाली, निर पुन, अन्जन गुरुङ, प्रकाश गुरुङ, बिकी गुरुङ, दिलचन्द्र पुन, जितबहादुर सुनार, मोहित ज्वारचन, राजु पुन, राजु मगर र मानबहादुर परियार पनि पक्राउ परेका छन् ।

शुक्लागण्डकी–२ का रुपेश गुरुङ, शुक्लागण्डकी–३ का गोविन्द विक, शुक्लागण्डकी–११ का कृता भट्टराई पनि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँ र ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले छापा मार्दा कौडा खेल्दै गरेको अवस्थामा नगद नौ लाख ११ हजार ४ सय ५ रुपैयाँ सहित २९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक युवराज तिम्लिसिनाले जानकारी दिए । उनका अनुसार ३२ वटा कौडा समेत बरामद गरिएको छ । ठुलो धनराशीको जुवा खाल बसेको सुचना पाएपछि प्रहरीले छापा मारेको उनले बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  १० : २३ बजे

भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन (तस्बिर)

काठमाडौँ– सरकारले काठमाडौँ उपत्यकाका बागमती र मनोहरा नदीकिनार अतिक्रमण गरी

आईपीएल क्रिकेट : गुजरातविरुद्ध आरसीबीको ५ विकेटको जित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)

भूमिहीन ३० दिनभित्र सम्पर्कमा आउनु : वीरगञ्ज महानगरपालिका

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले मुल सडक विस्तारको क्रममा पूर्णरुपमा भूमिहीन हुन