कोप २६ सम्मेलनमा किन अनुपस्थित भए चीन र रसियाका राष्ट्रपति ? « Khabarhub

कोप २६ सम्मेलनमा किन अनुपस्थित भए चीन र रसियाका राष्ट्रपति ?


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप-२६ मा चीनका राष्ट्रपति सी जिनपिङ र रसियाका राष्ट्रपति भ्लादमिर पुटिन अनुपस्थित भएपछि उनीहरुको चर्को आलोचना भएको छ ।

सम्मेलनमा विभिन्न देशले जलवायु परिवर्तनका असर न्यून पार्न विभिन्न प्रतिबद्धतामा हस्ताक्षर गरिरहेका बेला विश्वकै औद्योगिक राष्ट्रमध्येको एक चीन र अर्को शक्तिशाली देश रसियाका राष्ट्रप्रमुख अनुपस्थित हुनुलाई अर्थपूर्ण मानिएको छ ।

स्कटल्यान्डको ग्लास्गोमा १४ नोभेम्बरसम्म चल्ने सम्मेलनमा दुवै देशले आफ्ना प्रतिनिधि भने पठाएका छन् ।

विश्वमा सबैभन्दा धेरै हरितगृह ग्यास उत्सर्जन गर्ने देशमा चीन र त्यसपछि अमेरिका पर्छ । त्यस्तै युरोपेली युनियन, भारत र रसिया क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा पर्छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले सम्मेलनमा सी र पुटिन अनुपस्थित भएको भन्दै उनीहरूको चर्को आलोचना गरे । वर्तमान समयमा जलवायु महत्वपूर्ण मुद्दा भएको र त्यसबाट दुबै देश भाग्न खोज्नु दुर्भाग्यपूर्ण भएको उनले बताए । राष्ट्रपति सी सम्मेलनमा सहभागी नभएर गम्भीर ‘भूल’ गरेकोसमेत उनले आरोप लगाए ।

बाइडनले रसियाको जंगल डढेलोले सखाप हुँदा पुटिन टुलुटुलु हरेर बसेको र वन संरक्षणका मुद्दामा मौन बसेको आरोप लगाए ।

वन जंगल संरक्षण गर्ने सवालमा चीन र रसिया दुबै एकमत छन् । सन् २०३० सम्ममा वन फडानी समाप्त गर्ने प्रतिबद्धतामा रसिया र चीन दुबैले हस्ताक्षर गरेका छन् ।

गत वर्षको सेप्टेम्बरमा चिनियाँ राष्ट्रपति सीले सन् २०६० सम्ममा कार्बन न्यूट्रल गर्ने घोषणा गरेका थिए । जति हरितगृह ग्यास उत्सर्जन हुन्छ त्यतिनै मात्रामा त्यसलाई वातावरणबाट सोस्ने प्रक्रियालाई कार्बन न्यूट्रल भनिन्छ । उद्योग, कलकारखाना, यातायातका साधनमा प्रयोग हुने इन्धनबाट हाम्रो वायुमन्डलमा कार्बन उत्सर्जन हुन्छ ।

जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा पुटिन अनुपस्थित हुने दुई महिनाअघि नै रसियाली प्रशासन क्रेमलिनले जानाकारी दिएको थियो । पुटिनको अनुपस्थितिलाई क्रेमलिनले कोभिड महामारीसँग जोडेको छ । अहिले पनि धेरै रसियाली कोभिडबाट संक्रमित छन् । त्यहाँ कोभिडबाट पछिल्लो एक महिनादेखि दैनिक औषतमा एक हजार जनाको मृत्यु भएको छ । रसियाको आधा भन्दा बढी जनसंख्याले खोप लगाएको छैन् ।

तर, एक महिनाअघि भएको उर्जासम्बन्धी एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा रसियालाई सन् २०६० सम्ममा कार्बन न्यूट्रलको अवस्थामा पुर्‍याउने पुटिनले प्रतिबद्धता जनाएका थिए ।

यसअघि जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट अमेरिकाले हात निकालेपछि चीन र रसियाले वासिंगटनको चर्को बिरोध गरेका थिए । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका सन् २०१५ मा भएको एतिहासिक पेरिस सम्झौताबाट हात झिकेको घोषणा गरेका थिए । तर, बाइडेन प्रशासनले अमेरिका सो सम्झौताप्रति प्रतिबद्ध रहेको जनाएको छ ।

ट्रम्पको निर्णयपछि सम्झौताको भविष्यका बारेमा विभिन्न आशंका उब्जिएका थिए ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ११ : २६ बजे

भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन (तस्बिर)

काठमाडौँ– सरकारले काठमाडौँ उपत्यकाका बागमती र मनोहरा नदीकिनार अतिक्रमण गरी

आईपीएल क्रिकेट : गुजरातविरुद्ध आरसीबीको ५ विकेटको जित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)

भूमिहीन ३० दिनभित्र सम्पर्कमा आउनु : वीरगञ्ज महानगरपालिका

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले मुल सडक विस्तारको क्रममा पूर्णरुपमा भूमिहीन हुन