दाजुभाइले एक अर्कालाई लगाइदिए भाइटीका | Khabarhub Khabarhub

दाजुभाइले एक अर्कालाई लगाइदिए भाइटीका


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– शनिबार तिहारको मुख्य दिन भाइटीका । दिदी बहिनीले दाजुभाइलाई निधारमा सप्तरङ्गी टीका, गलामा मखमली र सयपत्रीको माला पहिराइदिएर दीर्घायुको कामना गरी मनाएका छन् । तिहारमा विशेषतः दिदी बहिनीले दाजुभाइलाई भाइटीका लगाइदिने प्रचलन छ । आफ्नै दिदी बहिनी नहुनेले पनि आफन्त र छरछिमेकका दिदी बहिनीसँग भाइटीका थाप्छन् ।

तर, तनहुँको व्यास नगरपालिका–१० सेवरका मदन र सुमन तिम्लिसिनाले भने एक अर्कालाई भाइटीका लगाएर मनाएका छन् । सुरुमा दाजु मदनले भाइ सुमनलाई पानी र तेलको धारो चुहाउँदै फेरो मारे । भाइटीकाको प्रक्रिया अनुसार निधारमा सप्तरङ्गी टिका लगाएर फूलको माला गलामा पहिराइदिए । भाइको शत्रु नास र दीर्घायुको कामना गर्दै ओखर फोरे । त्यसपछि भाइ सुमनले दाजु मदनलाई भाइटीका लगाइदिए ।

आफ्नै घरमा दिदी बहिनी नभएपछि पाँच वर्षदेखि भाइटीका यसैगरी मनाउँदै आइरहेको मदन बताउँछन् । मदन र सुमन दुई दाजु भाइ मात्रै हुन् । ‘आफन्त दिदी बहिनको हातबाट टीका थाप्दै आइरहेका थियौं । उहाँका आफ्नै दाजुभाइ विदेश गएपछि हामीलाई टीका लगाउन आउन छाड्नु भो । हामी टीका थाप्न कुरिरहेका थियौं । नआएपछि मन खल्लो भो । त्यसपछि हामी दाजु भाइले नै भाइटीका गर्ने सोच बनाएर सुरु गर्‍यौं । त्यसपछि निरन्तर एक अर्कालाई टीका लगाएर भाइटीका मनाउँदै आइरहेका छौं’, उनले सुनाए ।

मदन र सुमनले भाइटीका गर्दा सुरुमा धेरैले अनौठो माने । दाजुभाइबीच भाइटीका लगाउने सामाजिक मान्यता थिएन । सुरुको वर्ष उनीहरू आफैंलाई पनि असहज महसुस भयो । दाजु भाइले भाइटीका लगाउन थालेपछि ‘हामी लगाइदिन्छौं भाइटीका’ भन्नेहरू धेरै भेटिए । तर, उनीहरूले सुरु गरेको भाइटीकालाई निरन्तरता दिन छाडेनन् ।

दिदी बहिनी नभए पनि दाजु भाइले भाइटीका गर्दा तिहारमा निधार खाली राख्न नपर्ने सुमन बताउँछन् । ‘दाजु भाइले भाइटीका गर्दा सम्बन्ध पनि सुमधुर बन्छ । हामी सदैव यसैलाई निरन्तरता दिएर भाइटिका मनाउँछौं’, उनले भने ।

पछिल्लो समय दाजुभाइ नभएका दिदी बहिनीले पनि एक आपसमा भाइटीका लगाएर मनाउन थालेका छन् । जस कारण दाजुभाइ नहुने दिदी बहिनीको तिहारमा निधार खाली हुँदैन । र मन खल्लो हुन पाउँदैन । न्यूजकारखाना

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ८ : ४० बजे

केन्टकी चर्चमा गोलीबारी, संदिग्धसहित तीन जनाको मृत्यु

काठमाडौं– संयुक्त राज्य अमेरिकाको दक्षिणी क्षेत्रमा पर्ने केन्टकीको एउटा चर्चमा

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

चन्द्रपुर– पछिल्लो समय रौतहटको वनजंगलको निगरानी गर्न ‘ड्रोन’को प्रयोग गर्न

चुरेमा हात्तीको बथान, बस्तीमा त्रास

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाको चुरे फेदीका वन क्षेत्रमा जङ्गली हात्तीको बथान

रोटरी न्यातपोलको अध्यक्षमा विष्णुकान्त, कफी खेती बढाउन किसानसँग सहकार्य गर्ने योजना

काठमाडौं- रोटरी न्यातपोलको अध्यक्षमा विष्णुकान्त घिमिरे नियुक्त भएका छन् ।

प्रधानमन्त्री ओलीले भने : अनलाइनबाट काम गर्ने, टाइमलान तोकेर नतिजा खोज्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा आएको एक वर्ष नपुग्दै