भोलिको प्रदेशसभा बैठकमा विश्वासको मत लिने मुख्यमन्त्री पाण्डेको तयारी | Khabarhub Khabarhub

भोलिको प्रदेशसभा बैठकमा विश्वासको मत लिने मुख्यमन्त्री पाण्डेको तयारी


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बागमती प्रदेशसभाको बैठक सोमबार दिउँसो तीन बजे बस्दैछ। सोही बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने तयारी गरेका छन् ।

विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद् विस्तार गर्ने र भागबण्डा मिलाउन केही मन्त्रालय फुटाउने मुख्यमन्त्री पाण्डेको तयारी छ । नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता पाण्डेले गएको कात्तिक ११ गते चार दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका हुन् ।

सभामुखसहित प्रदेशसभामा एक सय ९ मत छ । गठबन्धनमा रहेका दलहरूसँग ५९ मत रहेकाले पाण्डे नेतृत्वको सरकारले विश्वासको मत सहजै प्राप्त गर्ने देखिन्छ । मुख्यमन्त्रीमा नियुक्त भएको एक महिना भित्रमा विश्वासको मत लिनुपर्ने हुन्छ ।

विश्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट प्रदेशसभामा पत्र पठाइ सकिएको छ ।

मुख्यमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ११ : ३४ बजे

मुख्यमन्त्री सिंह एक साताका लागि मलेसिया जाँदै

महेन्द्रनगर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह एक साताका लागि शुक्रबार

अस्पतालमा गोप्य रूपमा ४५०० भिडियो खिचेको आरोपमा पक्राउ परेका डाक्टर जमानतमा रिहा

मेलबर्न– अस्ट्रेलियाली अस्पतालका शौचालयमा सयौँ मेडिकल सहकर्मीहरूको गोप्य भिडियो खिचेको

पूर्वराष्ट्रपतिले एमालेको सदस्यता लिन झुक्याएर रसिद काटेको ओलीको जिकिर

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमाथि

तीन दशकमा माइन तथा विस्फोटनमा परी ६५१ जनाको मृत्यु : गृहमन्त्री लेखक

काठमाडौं–  गृहमन्त्री रमेश लेखकले बितेको तीन दशकमा माइन तथा विस्फोटनमा

एकैछिन ठूलो पानी पर्दा बबरमहल जलमग्न (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा केही बेर भएको भारी वर्षाले सडक जलमग्न बनाएको