इन्दिराको ह्याट्रिक मद्दतमा रोङ क्वार्टरफाइनल प्रवेश  | Khabarhub Khabarhub

इन्दिराको ह्याट्रिक मद्दतमा रोङ क्वार्टरफाइनल प्रवेश 


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय टोलीकी सदस्य इन्दिरा राईको ह्याट्रिक मद्दतमा इलामको रोङ गाउँपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा अन्तिम आठमा प्रवेश गरेको  छ ।

सोमबार एन्फा मैदानमा भएको दोस्रो खेलमा रोङ गाउँपालिकाले दाङको तुलसीपुर उपमहानगरपालिकालाई ४-१ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको हो ।

रोङको जीतमा राष्ट्रिय टोलीकी सदस्यसमेत रहेकी इन्दिरा राईले ह्याट्रिक पूरा गरिन् । कप्तान अनिता राईले १ गोल गरिन् ।

विभागीय त्रिभुवन आर्मी फुटबल क्लबबाट रोङ पुगेकी इन्दिराले खेलको २९, ४५ पछि थपिएको एक मिनेट र ५८ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । यस्तै, कप्तान अनिताले खेलको ४० मिनेटमा गोल गरिन् ।

यता, तुलसीपुरका लागि ममता पुन मगरले खेलको ६८ मिनेटम सान्त्वना गोल गरिन् । रोङमा राष्ट्रिय टोलीकी इन्दिरासहित दीपा राई र विमला बिक रहँदा एपीएफकी गोलरक्षक रूपा राना मगर रहेकी थिइन् ।

अब रोङले अन्तिम ४ प्रवेशका लागि समूह ‘आई’को विजेता कैलाली गौरीगंगा नगरपालिकासँग खेल्नेछ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ९ : २४ बजे

सोलुखुम्बुको थामेखोलाले पाँच घर बगायो

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आएको बाढीले

नेपालले जित्यो आसामविरुद्धको सिरिज

काठमाडौं – भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी-२० शृंखला नेपाल

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८०० नाघ्यो

अफगानिस्तान – अफगानिस्तानको दुर्गम, पहाडी क्षेत्रमा शक्तिशाली भूकम्पमा परी मृत्यु

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

काठमाडौं – साङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनको

थियान्चिनबाट एसीओले विश्वलाई दिएको सन्देश

काठमाडौं– अहिले चीनको थियान्चिन शहरमा विश्वका प्रभावशाली नेताहरुको जमघट छ