छठमा जनकपुरदेखि वीरगंजसम्म हेलिकप्टरबाट पुष्पवृष्टि गरिने, पूर्वयुवराज्ञी हिमानी शाह सहभागी हुने | Khabarhub Khabarhub

छठमा जनकपुरदेखि वीरगंजसम्म हेलिकप्टरबाट पुष्पवृष्टि गरिने, पूर्वयुवराज्ञी हिमानी शाह सहभागी हुने


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– पूर्वयुवराज्ञी हिमानी शाहको प्रमुख आतिथ्यतामा छठ पूजाको अवसरमा बुधबार जनकपुरदेखि वीरगञ्जसम्म विभिन्न स्थानमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिने भएको छ ।

रिपोर्टर्स क्लबमा मंगलबार पत्रकार सम्मेलन गर्दै २०४७ सालको संविधान पुनःस्थापना हाम्रो अभियान, नेपाल नागरिक अभियान, विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय तथा श्रीराम हनुमान आराधना मण्डल नेपालसहित चारवटा संस्थाहरु आबद्ध भएको संयुक्त केन्द्रीय समितिले पुष्पवृष्टिबारे जानकारी दिएको हो ।

समितिले विशेषगरी धनुषा(जनकपुर), पर्सा र बारामा पुष्पवृष्टि गर्ने जानकारी दियो । धनुषा (जनकपुर) मागंगासागर पोखरी, दशरथ सागर पोखरी तथा जानकी मन्दिर तथा आसपासका पोखरीमा, पर्सा (विरगञ्ज)को घडिहरवामाई पोखरी तथा आसपासका पोखरीमा दिउँसो ४.३० बजे र बाराको बहुअरी पोखरी–५ मा पृष्पवृष्टिको कार्यक्रम रहेको जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै पूर्वराजदूत रामभक्त ठाकुरले छठ शब्दले नै मनमा उमंग बढ्ने बताए । उनले पूर्वयुवराज्ञी हिमानी शाहको आतिथ्यमा कार्यक्रम हुने खबरले आफू निकै हर्षित भएको सुनाए । उनले छठ पर्व कुनै जातपातको हिसाबले नमनाउने बताए ।

छठ पर्वले सबै नेपालीलाई एकीकृत गर्ने उनको भनाइ थियो । ठाकुरले कतिपय स्थानमा मुसलमान दाजुभाईले छठको पूजा गरिरहेको सुनाए ।

नेपाल नागरिक अभियान तराईका संयोजक कैलाश साहले तराई क्षेत्रमामात्र सीमित छठपर्व सबैतिर पुर्‍याउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ४ : २९ बजे

तीन अर्ब बराबरका दुई वटा बचतपत्रको बिक्री खुला 

काठमाडौं– सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दुई वटा

अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करीमा संलग्न दुईजना थाइल्याण्डबाट पक्राउ

एजेन्सी– थाइल्याण्डका रेन्जरहरूले अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करीसँग सम्बन्धित शंका लागेका दुईजनालाई

मानव–वन्यजन्तु द्वन्द्व रोक्न वनमा पानीको प्रबन्ध

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको नमुना मध्यवर्ती सामुदायिक वनमा सौर्य ऊर्जाबाट

जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा र्‍यालीसहित जनसभा

जर्मनीद्वारा युक्रेनलाई थप सहयोग प्रदान गर्ने घोषणा

जर्मनी– जर्मनीले युक्रेनलाई आवश्यक सामग्री र हतियारका लागि १५० करोड