पोखरा–काठमाडौँ यात्रा दुई घण्टामा झार्छौं : अर्थमन्त्री शर्मा « Khabarhub

पोखरा–काठमाडौँ यात्रा दुई घण्टामा झार्छौं : अर्थमन्त्री शर्मा


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– अर्थमन्त्री जनार्दन शर्माले दुई सय किलोमिटर लामो पोखरादेखि काठमाडौँसम्मको सडक यात्रा दुई घण्टामा झार्ने दाबी गरेका छन् । पोखरामा उद्योगी व्यवसायीहरूसँग कुरा गर्दै उनले बाटोको यात्रा छोटो बनाए मात्रै आर्थिक विकासले तीव्रता पाउने बताए ।

‘पोखरा–काठमाडौँको सडक यात्रा २ घण्टामा झार्नका लागि भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल अघि बढाएको छु । बाटो छोटिए त्यसले देशको अर्थतन्त्रमा सकारात्मक योगदान दिन्छ,’ उनले भने । शर्माले कोरोना भाइरसका कारण निजी क्षेत्र जटिल अवस्थामा पुगेको भन्दै पुनरुत्थानका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताए ।

‘पीडित व्यवसायीहरूको लागि घोषित पुनःकर्जा र अनुदान वितरणको प्रभावकारिता अनुगमन गरिरहेका छौं । कसरी बढी लाभ दिन सकिन्छ भन्नेमा सरकार संवेदनशील छ,’ उनले थपे, ‘साना व्यवसायीलाई अनुदान दिने प्रक्रिया समेत सुरु भैसकेको छ । उत्पादनमूलक अर्थतन्त्र निर्माण नै आफ्नो लक्ष्य हो ।’

उत्पादन गर्ने उद्योगहरूलाई राज्यले जुनसुकै सुविधा पनि दिन सक्ने उनको प्रतिबद्धता छ । ‘उद्योग खोल्न के सुविधा चाहिन्छ ? त्यो दिन सरकार तयार छ’, उनले भने, ‘भन्सार छुट चाहियो कि, विद्युत वा कर छुट के चाहिन्छ ? सरकारले त्यो तत्कालै व्यवस्था गर्छ ।’

नेपालमा उत्पादित विद्युतको खपत देशभित्रै गर्ने गरी उद्योग सञ्चालनका लागि निजी क्षेत्रलाई उनले आग्रह गरेका छन् । अहिले पनि नेपालमा उत्पादन भएको ५ सय मेगावाट बिजुली प्रयोगविहीन भएको छ ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा देखिएको अवरोध हटाउन र उडान रुटको टुंगो लगाउन आग्रह गरेका थिए । यस्तै, व्यवसाय पुनरुत्थानका कार्यक्रमहरूलाई तीव्रता दिन समेत उनको आग्रह छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ८ : २९ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल