जहाजको टिकट नपाउँदा परीक्षा छुट्ने चिन्ता | Khabarhub Khabarhub

जहाजको टिकट नपाउँदा परीक्षा छुट्ने चिन्ता


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला – जहाजको टिकट नपाउँदा मङ्सिरमा हुने परीक्षा दिन जाने विद्यार्थी सिमकोटमै अलपत्रमा परेका छन् ।

दसैँ र तिहार मनाउन घर आएका विद्यार्थी जहाजको टिकट नपाउँदा परीक्षा दिन नपाउने हो कि भन्ने चिन्तामा छन् । केहीले आफ्नो पढाइ छुटेको गुनासो गरेका छन् ।

दुई सातादेखि बिहान ४ देखि विमानस्थलमा रहेका निजी एयरलाइन्सहरूको कार्यालयमा दिनहुँ धाउँदा पनि टिकट नपाएको गुनासो उनीहरुको छ ।

जिल्ला प्रशासन कार्यालयको सिफारिस र मङ्सिर १ गते हुने क्याम्पसको परीक्षा तालिका भएर पनि टिकट नपाएको खार्पुनाथ–१ का विष्णु रावलले गुनासो गरे ।

निजी एयरलाइन्सका हवाईजहाजले आफूखुशी टिकट वितरण गरेका कारण पहुँच नभएका सर्वसाधारण, बिरामी तथा विद्यार्थी छटपटाइरहेका छन् ।

झण्डै एक हप्ता बढीदेखि सीता एयरलाइन्सको बिमान नेपालगञ्जमा बिग्रिएका कारण उडान भर्न सकेको छैन भने समिट र तारा एयरलाइन्सले फोन, पावर र पहुँचका भरमा आफूखुशी टिकट वितरण गरिरहेका छन् ।

यस विषयमा जिल्लाका जनप्रतिनिधि र सरोकार निकाय, नागरिक समाज मौन छन् । दुई सातादेखि विमानस्थलमा जिल्ला बाहिर जाने यात्रुको घुइँचो छ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  १२ : ०२ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग