संखुवासभामा हरिबोधनी एकादशीको अवसरमा दुई दिन सार्वजनिक बिदा | Khabarhub Khabarhub

संखुवासभामा हरिबोधनी एकादशीको अवसरमा दुई दिन सार्वजनिक बिदा


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– संखुवासभाको खाँदबारी नगरपालिकाले हरिबोधनी एकाशीको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको छ ।

नगरपालिकाले धार्मिक तथा पर्यटकीयस्थल मनकमनामा लाग्ने एकादशी मेलाको अवसरमा आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आइतबार बिहान बसेको कार्यपालिका बैठकले दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको खाँदबारी नगरपालिका मेयर मुरारी प्रसाद खतिवडाले जानकारी दिए ।

कार्यपालिका बैठकले हरिबोधनी एकाशीको अवसरमा दुई दिन स्थानीय पर्व बिदा दिने निर्णय गरेको नगरप्रमुख खतिवडाले बताए । कार्यपालिकाको निर्णयअनुसार दुई दिन सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था बिदा रहने छन् ।

चर्चित धाम मनकामना परिसरमा हरिबोधनी एकादशीका दिन ठूलो मेला लाग्ने गरेको छ । हरिबोधनी एकादशीका दिन मनकामनाको दर्शन गर्न भारतका विभिन्न स्थान र झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर र तेह्रथुम लगायतका जिल्लाबाट मेला भर्न आउने गरेका छन् ।

सडक विस्तारसँगै केही वर्षयता मनकामनामा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएको स्थानीय बताउँछन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  १२ : ४८ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग