सानेपाको धर्नाले कांग्रेस केन्द्रीय समिति बैठक बुढानिलकण्ठमा सरेको दाबी | Khabarhub Khabarhub

सानेपाको धर्नाले कांग्रेस केन्द्रीय समिति बैठक बुढानिलकण्ठमा सरेको दाबी


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महाधिवेशन प्रतिनिधि चयन निष्पक्ष नभएको भन्दै रौतहटका स्थानीय नेता कार्यकर्ताले ११५ दिनदेखि जारी राखेको धर्नाका कारण कांग्रेस केन्द्रीय समिति बैठक बुढानिलकण्ठमा हुने भएको छ ।

पार्टी महाधिवेशनका लागि विभिन्न उपसमिति गठन गर्नका लागि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले बैठक बुढानिलकण्ठमा बोलाएपछि आइतबारको केन्द्रीय समिति बैठक बुढानिलकण्ठमा हुने भएको हो ।

आइतबारको केन्द्रीय समिति बैठकले १४औँ महाधिवेशन मूल तयारी समिति महाधिवेशन व्यवस्थापन समिति र पार्टीको नीति तथा कार्यक्रमको प्रस्ताव समिति गठन गर्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार प्रचारप्रसार समिति, पार्टी विधान संशोधन समिति, विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति, भोजन आवास व्यवस्थापन समिति, अर्थ संकलन समिति र स्वयंसेवक व्यवस्थापन समितिलगायतका समिति र उपसमितिहरू गठन गरिने एजेण्डा तय भएको छ ।

सुरूमा सानेपा भनेर बैठक आह्वान गरेको भए पनि अन्तिम समयमा बुढानिलकण्ठस्थित देउवा निवासमा बैठक बोलाइएको पौडेलले जानकारी दिएका छन । बैठकमा सहभागी हुन नेताहरू जाने क्रम सुरु भएको छ ।

सानेपामा रौतहटका कांग्रेस नेताहरू रामश्रीष साह, देवचन्द्र मिश्र, उदय यादव, भोगेन्द्र झा, वीरेन्द्र राय यादव, नमोनाथ यादव, रामविश्वास साहलगायतका नेताहरू ११५ दिनदेखि धर्नामा छन् ।

‘हाम्रो धर्नाले पनि हुन सक्छ, यहाँ हुने भनिएको केन्द्रीय समिति बैठक अचानक बुढानिलकण्ठमा सारिएको छ । तर, नेताहरूले हाम्रो माग सम्बोधन गरेका छैनन्, हामी यहाँ धर्नामा बस्छौँ’, रामश्रीष साहले भने ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  १ : ४७ बजे

पर्यटकका पखाइमा म्याग्दीको पुलाश्रम

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–५ मा अवस्थित पुलाश्रम (पछै) पर्यटकको पर्खाइमा

कार्यस्थलमा छैन स्तनपान कक्ष

चितवन– सरकारले सुत्केरी महिलाका लागि तीन महिना बिदा दिने गरेको

ताप्लेजुङको लामपोखरी पर्यटकको पर्खाइमा

ताप्लेजुङ– ताप्लेजुङको मिक्वाखो गाउँपालिका- ५ लोदेन क्षेत्रस्थित लामपोखरी पर्यटकको पर्खाइमा

सशस्त्र प्रहरीद्वारा ११ करोड बढी राजस्व संकलन

 दोधारा चाँदनी – सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणले

धितोपत्रको आइजीन छुट्याउन ५ वटा प्रमाण चाहिने

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) मा विचाराधीन ‘धितोपत्र अभौतिकीकरण कार्य