गरुड पुराण अनुसार यी ६ काम महापाप हुन् | Khabarhub Khabarhub

गरुड पुराण अनुसार यी ६ काम महापाप हुन्


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गरुड पुराणमा जीवन र मृत्युसङ्ग जोडिएका सम्पूर्ण रहस्यका बारेमा बताइएको छ । धर्म शास्त्र अनुसार गरुड पुराणमा बताइएका कुरा भगवान् विष्णुद्वारा भनिएको हो। यस पुराणका अनुसार व्यक्तिले आफ्नो कर्मका हिसाबले फल पाउँछ ।

यदि कुनै व्यक्तिले कुनै यस्तो काम गर्दछ, जो महापापमा पर्दछ भने उसले केवल जिउँदैमा नर्क समान जीवन जिउनु पर्दछ । साथै मृत्युपछि पनि नर्कमा विभिन्न कष्ट–यातना भोग्न पर्दछ । शास्त्र अनुसार मानिसले गरुड पुराणमा बताइएका ६ महापाप गर्नु हुँदैन ।

यी हुन् महापाप मानिएका काम

– कुनै पनि महिलाको अपमान गर्नु पाप हो, तर गर्भवती स्त्रीको अपमान गर्नु वा ऊसँग अनैतिक काम गर्नु महापाप हो । यस्ता काम गर्ने मानिसले जिउँदैमा नर्क समान जीवन जिउनु पर्ने धार्मिक विश्वास छ ।

– गर्भमा रहेको शिशु, गर्भवती महिला वा नवजात शिशुको हत्या गर्नु पनि महापाप हो । गरुड पुराण अनुसार यस्तो पाप गर्ने मानिसले अयत्न कष्ट र यातना भोग्नु पर्दछ ।

– हाडनाता, मित्रकी पत्नीका साथ अनैतिक काम गर्नु पनि महापापको श्रेणीमा पर्दछ । यस्ता मानिसले पनि नर्कमा कष्ट भोग्नु पर्ने गरुड पुराणको मान्यता छ ।

– वृद्ध, असहाय, विधवा वा अपाङ्गको मजाक उडाउने, उनीहरूलाई कष्ट दिने वा उनीहरूका साथ गलत काम गर्ने व्यक्तिले पनि नर्कमा कठोर सजाय भोग्नुपर्ने मान्यता छ ।

– कुनै धर्म ग्रन्थ, मन्दिर वा भगवान्को अपमान गर्ने व्यक्तिले नर्क पाउने मान्यता छ ।

– अपाङ्ग, विधवाको धन लुट्नु महापाप मानिएको छ । यसो गर्ने व्यक्तिले जिन्दगीमा दुख र समस्या झेल्नुपर्ने र मृत्युपछि नर्क भोग्नुपर्ने गरुड पुराणको मान्यता छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ६ : २२ बजे

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

३५ वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र

काभ्रे– काभ्रेको पाँचखाल नगरपालिकाका २६ परिवारले ३५ वर्षपछि आफूले भोगचलन

काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

काठमाडौं– काठमाडौं महानगरपालिका– २४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा एक

बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको छैटौँ तथा बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ