बाढीले अवरुद्ध त्रिवेणी–ताम्ती सडकको ट्र्याक खुल्यो « Khabarhub

बाढीले अवरुद्ध त्रिवेणी–ताम्ती सडकको ट्र्याक खुल्यो


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– अविरल वर्षाका कारण बाढीले अवरुद्ध भएको त्रिवेणी–ताम्ती खण्डको सडक ट्र्याक खुलेको छ । कात्तिक पहिलो साता भएको अविरल बेमौसमी वर्षापछि आएको बाढीले सडक नै कटान गरेर पूर्ण अवरुद्ध बनेको थियो ।

उक्त सडकक‍ो करिब २० किलोमिटरमा क्षति भएको थियो भने करिब ४०० मिटर सडक बाढीले कटानसमेत गरेको थियो । सडक डिभिजन कार्यालय जुम्लाले आफ्नै कर्मचारी परिचालन गरी डोजर भाडामा लिएर बाढीले कटान गरेको ४०० मिटर सडकको साइडबाट ट्र्याक खोल्ने काम सकेको हो ।

तिलाका स्थानीय प्रेम बस्नेतले सडक डिभिजन जुम्लाले त्रिवेणी–ताम्ती सडक मर्मतको काम तीव्र गतिमा गरेको बताए । उनले भने, ‘अवरुद्ध सडक खोलेपछि भेरीखोला क्षेत्रका नागरिकलाई केही सहज भएको छ ।’

सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर सन्तोष भण्डारीले अवरुद्ध भएको २० किलोमिटर सडकमध्ये बाढीले ४०० मिटर सडक पूरै कटान गरेको र मान्छे हिँड्नसमेत बाटो नभएको बताए ।

‘हामीले टोप्लासम्म सडकको साइडबाट ट्र्याक खोल्ने काम सकेका छौँ । अब चाँडै ग्याविन पर्खाल निर्माण कार्य अघि बढ्छ’, उनले भने ।

त्रिवेणीदेखि ताम्तीसम्मको कटान भएको सडकमा ग्याविन पर्खाल निर्माण गरिने भएको छ । कटान भएको क्षेत्रमा ग्याविन पर्खाल निर्माणका लागि गत आर्थिक वर्षको दुई करोड रुपैयाँ बचतबाट ठेक्का आह्वान गरिएको छ ।

भेरीखोला क्षेत्रका नागरिकको आवतजावतलाई सहज बनाउन तथा खाद्यान्न ढुवानी गर्नका लागि बाढीले कटान गरेको सडक निर्माणलाई सडक डिभिजनले द्रुत गतिमा अघि बढाएको इन्जिनियर भण्डारीको भनाइ छ ।

टोप्लासम्म ट्र्याक खोल्ने काम सकिएको र अब चाँडै ग्याविन पर्खाल निर्माणको कार्य अघि बढाइने सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ९ : ३३ बजे

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक