६५ हजार रुपैयाँ भन्दाबढी नक्कली नोटसहित ५ जना पक्राउ « Khabarhub

६५ हजार रुपैयाँ भन्दाबढी नक्कली नोटसहित ५ जना पक्राउ


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – महानगरीय प्रहरी बृत बौद्धबाट खटिएको टोलीले ६५ हजार रुपैयाँ भन्दाबढी नक्कली नोटसहित ५ जना पक्रेको छ।

इन्द्रावती गाउँपालिका ८ सिन्धुपाल्चोकी ६५ वर्षीया गोमा श्रेष्ठ, सोही ठाउँकी ४१ वर्षीया पुष्पा थापा मगर, रामेछापको शिरुवारी गाउँपालिका २ का २६ वर्षीय समरोज थापा मगर, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका २ का १९ वर्षीय चिरञ्जिवी जोती र सोही ठाउँका २३ वर्षीय सुजन जोती पक्राउ परेको जनाइएको छ ।

उनीहरुको साथबाट ६५ हजार ३६५ रुपैयाँ नक्कली नोट र नक्कली नोट छाप्न प्रयोग गरिने उपकरणहरु समेत प्रहरीले बरामद गरेको छ। उनीहरुले १०० दरका १५०० थान नोटहरु बजारमा पठाइसकेको खुलेको छ।

गोकर्णेश्वरको दक्षिणढोकामा केही व्यक्तिले नक्कली नोटबाट सामान खरिद गर्न लागेको सूचनाका आधारमा प्रहरीले खोजतलास थाल्दा गोमा श्रेष्ठलाई शंकास्पद अवस्थामा फेला पारेको थियो।

 

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ७ : ५५ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी