गल्फर शुक्रबहादुर ‘धरान वर्ष खेलाडी’ | Khabarhub Khabarhub

गल्फर शुक्रबहादुर ‘धरान वर्ष खेलाडी’


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान- धरान उपमहानगरपालिकाले धरान वर्ष खेलाडी २०७५ घोषणा गरेको छ । प्रतिभाशाली २१ वर्षीय युवा गल्फर शुक्रबहादुर राईलाई धरान वर्ष खेलाडी २०७५ को रुपमासमेत उपमहानगरपालिकाले पुरस्कृत गरेको छ । युवा गल्फर शुक्रले नगद रु एक लाखसँगै सम्मानपत्र र ट्रफी प्राप्त गरे ।

यस्तै उत्कृष्ट खेलाडी सम्मानबाट टेबलटेनिसकी अन्तर्राष्ट्रिय खेलाडी गीता थापामगर सम्मानित भए । खेलाडी गीताले नगद रु ५० हजार, ट्रफी र सम्मानपत्र प्राप्त गरे । दुवैलाई धरान उपमहानगरपालिकाअन्तर्गतको नगर खेलकूद विकास समितिले शुक्रबार धरान वर्ष खेलाडी घोषणा गर्दै पुरस्कार एवं सम्मान प्रदान गरेको हो ।

धरानका खेलाडीले २०७५ सालभरि आफ्नो खेल विधामा नगर, जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गरेको प्रदर्शन र उपलब्धिको आधारमा वर्ष खेलाडी पुरस्कार दिइएको उपमहानगरपालिका कार्यवाहक प्रमुख मञ्जु भण्डारीले जानकारी दिइन ।

टेबलटेनिसका अन्तर्राष्ट्रिय खेलाडी थापालाई सम्मानपत्र प्रदान गर्दै धरानकी कार्यवाहक प्रमुख भण्डारीले आगामी साउन १ गतेदेखि लागू हुने गरी प्रशिक्षक पदमा नियुक्ति दिएको जानकारी दिइन ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  ९ : ४५ बजे

मोटरसाइकल र साइकल ठोक्किँदा तीनजनाको मृत्यु

सिरहा – सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा आज दिउँसो

नेपालविरुद्ध स्कटल्याण्डका जर्ज मुन्सेको अर्धशतक

काठमाडौं – स्कटल्याण्डमा जारी टी–ट्वान्टी आई सिरिजको अन्तिम खेलमा नेपालले

झापामा ढुंगा प्रहार गरी एक जनाको हत्या

झापा – झापामा झगडाका क्रम ढुङ्गा प्रहारबाट एक जनाको ज्यान

महोत्तरी गाउँपालिकाको बजेट ४३ करोड ९४ लाख

जलेश्वर– महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि