गल्फर शुक्रबहादुर ‘धरान वर्ष खेलाडी’ « Khabarhub

गल्फर शुक्रबहादुर ‘धरान वर्ष खेलाडी’


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान- धरान उपमहानगरपालिकाले धरान वर्ष खेलाडी २०७५ घोषणा गरेको छ । प्रतिभाशाली २१ वर्षीय युवा गल्फर शुक्रबहादुर राईलाई धरान वर्ष खेलाडी २०७५ को रुपमासमेत उपमहानगरपालिकाले पुरस्कृत गरेको छ । युवा गल्फर शुक्रले नगद रु एक लाखसँगै सम्मानपत्र र ट्रफी प्राप्त गरे ।

यस्तै उत्कृष्ट खेलाडी सम्मानबाट टेबलटेनिसकी अन्तर्राष्ट्रिय खेलाडी गीता थापामगर सम्मानित भए । खेलाडी गीताले नगद रु ५० हजार, ट्रफी र सम्मानपत्र प्राप्त गरे । दुवैलाई धरान उपमहानगरपालिकाअन्तर्गतको नगर खेलकूद विकास समितिले शुक्रबार धरान वर्ष खेलाडी घोषणा गर्दै पुरस्कार एवं सम्मान प्रदान गरेको हो ।

धरानका खेलाडीले २०७५ सालभरि आफ्नो खेल विधामा नगर, जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गरेको प्रदर्शन र उपलब्धिको आधारमा वर्ष खेलाडी पुरस्कार दिइएको उपमहानगरपालिका कार्यवाहक प्रमुख मञ्जु भण्डारीले जानकारी दिइन ।

टेबलटेनिसका अन्तर्राष्ट्रिय खेलाडी थापालाई सम्मानपत्र प्रदान गर्दै धरानकी कार्यवाहक प्रमुख भण्डारीले आगामी साउन १ गतेदेखि लागू हुने गरी प्रशिक्षक पदमा नियुक्ति दिएको जानकारी दिइन ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  ९ : ४५ बजे

कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान

काठमाडौँ– नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर– वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य

बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी– बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ ।

हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै

राँझा– नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गका साँघुरा पुललाई चार लेनमा विस्तार गरिने

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’