पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार ओलीले लिए, रावलको आपत्ति « Khabarhub

पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार ओलीले लिए, रावलको आपत्ति


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको जारी १० औं महाधिवेशनबाट चुनिने नयाँ कार्यसमिति अब अध्यक्ष ओलीले आफै छान्ने भएका छन् । शनिबार बन्दसत्रले ओलीलाई सर्वाधिकार दिने निर्णय गरेको छ । उपमहासचिब विष्णु पौडेलले ओलीलाई सर्वाधिकार दिने प्रस्ताव बन्दसत्रमा राखेका थिए । सो प्रस्ताव ताली बजाएर पारित गरिएको छ ।

ओलीले सबै अधिकार आफूमा केन्द्रित गरेर पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार आफूमा लिएपछि अब चुनाव नहुने र प्रतिस्पर्धा गर्न चाहनेले प्रतिस्पर्धा गर्न नपाउने देखिएको छ ।

यसरी ओलीलाई सर्वशक्तिमान बनाउने निर्णयप्रति उपाध्यक्ष भीम रावलले आपत्ति जनाएका छन् । अध्यक्षमा उम्मेदवारी घोषणा गरेका उनले प्रस्पिर्धा गर्ने अधिकार खोसिएको भन्दै आपत्ति जनाएका छन् ।

दर्जनौँ नेताहरुले पदाधिकारीमा उम्मेदवारी घोषणा गरेका थिए भने सयौँले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका थिए । तर, अब ओलीले आफ्नो खल्तिबाट नाम निकाले पद बाँड्ने भएका हुन् ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ८ : ३३ बजे

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला