भीम, सुवास र विष्णुलाई उपाध्यक्षमा बस्न ओलीको प्रस्ताव « Khabarhub

भीम, सुवास र विष्णुलाई उपाध्यक्षमा बस्न ओलीको प्रस्ताव


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १०औं महाधिवेशनमा सर्वसम्मत नेतृत्वको नाम प्रस्ताव गर्ने अधिकार पाएका केपी ओलीले अध्यक्षको दाबी गरिरहेका भीम रावल, वरिष्ठ उपाध्यक्षको दाबी गरिरहेका सुवास नेम्वाङ र महासचिवको दाबी गरिरहेका विष्णु पौडेललाई उपाध्यक्ष पदमा सहमतिमा आउन आग्रह गरेका छन् ।

बन्दसत्रले आइतबार राति ओलीलाई सर्वसम्मत नेतृत्वको प्रस्ताव गर्ने अधिकार दिएपछि रावलको असहमतिका बीच ओली आकांक्षी नेताहरूसँग एकल र सामूहिक भेटवार्ता गरिरहेका छन् ।

भेटका क्रममा उनले आकांक्षी नेताहरूलाई व्यवस्थापन गर्न विभिन्न विकल्पमा मनाउने प्रयास गरिरहेका छन् । तर अहिलेसम्म रावलसँग ओलीले संवाद गरेका छैनन् । ओलीलाई लाइनमा गएर नभेट्ने अडान राख्दै रावल भेट्न नगएका हुन् ।

रावल निकट एक नेताका अनुसार ओलीले आफूलाई भेट्न पालो कुरिरहेका नेता सकिएपछि मात्र रावलसँग कुरा गर्ने बताएका कारण रावलले भने चुनावी प्रचार थालेका छन् ।

आफ्नै टिम मिलाउन सकस परिरहेका वेला ओलीले नेताहरूलाई विभिन्न विकल्पसमेत दिएका छन् ।

राष्ट्रपति बनाउने आश्वासन नमानेपछि ओलीले नेम्वाङलाई उपाध्यक्षमै बस्न प्रस्ताव गरे पनि सो पदका अन्य आकांक्षीलाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्या छ ।

उपाध्यक्षको दाबी गरिरहेका नेतालाई उपमहासचिवमा व्यवस्थापन गर्ने भनिए पनि माओवादी खेमाबाट आएका नेताहरूमध्ये एकजनालाई उपाध्यक्ष र एकजनालाई सचिव दिनैपर्ने दबाबमा ओली छन् ।

दबाबमा परेपछि ओलीले १० बुँदे पक्षधर नेताहरूलाई पदाधिकारीका लागि सर्वसम्मत नाम दिने विकल्प अघि सारे पनि सो समूहका सबैजसो नेता उम्मेदवार भएका कारण आन्तरिक छलफल हुन नसकेको एक नेताले बताए । तर, आइतबार बिहान उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य भने ओलीसँग भेट गरे फर्केका छन् ।

सहमति नभएसम्म बन्दसत्र हलमा नजाने अडानमा रहेका ओलीका कारण कतिपय प्रतिनिधि भने अधिवेशन लम्बिने चिन्तामा छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  १२ : १८ बजे

पूर्वगृहमन्त्री लेखकलाई २ नं गण महाराजगञ्जमा राखियो

काठमाडौं– पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले

कांग्रेसका सांसदलाई ‘संसदीय सचेतना’ कार्यक्रम (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको ‘संसदीय सचेतना’

असावधानीका कारण आगजनीका घटनामा बढोत्तरी

काठमाडौं– देशभर एकैदिन १६ स्थानमा आगजनीका घटना भएका छन् ।

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको बधाई, खनालसँग सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौँ– चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी–  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर