अछाम बस दुर्घटनामा २ जनाको मृत्यु | Khabarhub Khabarhub

अछाम बस दुर्घटनामा २ जनाको मृत्यु


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– अछाममा मंगलबार भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम मंगलसैनबाट धनगढीका लागि छुटेको ना६ख ८२९ नम्बरको बस कैलाशखोला नजिकै दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मंगलसेन नगरपालिका १४ का ५७ बर्षीय टंकबहादुर भण्डारी र मंगलसेन नगरपालिका १ बस्ने २१ वर्षीय एकेन्द्र थापाको ज्यान गएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार बसमा कति यात्रु थिए भन्ने एकिन विवरण आइसकेको छैन । बस उल्टो फर्किएकाले धेरैको ज्यान गएको हुन सक्ने आशंका गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ४ : ५९ बजे

वेम्बली ओभो एरिनामा मुखर नेपाल !

ढल्किँदै गरेको युकेको सम रयाम, अगष्ट महिनाको दोस्रो हप्ता, लण्डन

नेपालको सहमतिबिना चीन र भारतले भूमि प्रयोग गर्न खोज्नु अनुचित : शङ्कर पोखरेल

दाङ– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपालको सहमतिबिना चीन र

मिथिलामा ‘कुशअमबसीया’ पर्व मनाइँदै

महोत्तरी– पूर्वीय वैदिक परम्पराका अनुयायी हिन्दू मैथिलले शनिबार ‘कुशअमबसीया’ पर्व

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा

हेटौँडा– हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको त्रिभुवन राजपथ सडक सञ्चालनमा आएको

कुशे औँसी :  संस्कार, श्रद्धा र सामाजिक शिक्षा

नेपालको सांस्कृतिक जीवन सदैव विविध पर्व र परम्पराले समृद्ध रहेको