अस्पतालमै छैन सरकारले निःशुल्क दिने औषधि, सिकलसेल एनिमियाका बिरामी रोग पालेर बस्दै | Khabarhub Khabarhub

अस्पतालमै छैन सरकारले निःशुल्क दिने औषधि, सिकलसेल एनिमियाका बिरामी रोग पालेर बस्दै


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा सिकलसेल एनिमियाको औषधि अभाव भएको छ ।

औषधि अभाव भएपनि सिकलसेलका बिरामीहरु मर्कामा परेका छन् । ६ महिनादेखि औषधि नपाएको दाङका तुलसीपुरका सिकलसेल एनिमियापीडित जीत बहादुर चौधरीले बताए ।

उनले भने, ‘५–६ महिना भयो हामीले औषधि पाएका छैनौं, यहाँ औषधि नपाउँदा भारत जानुपर्ने बाध्यता छ ।’

सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सिकलसेलका बिरामीलाई एक लाख बराबरको औषधि निःशुल्कक वितरण गर्न निर्देशन दिएको थियो । तर अस्पतालमा नै औषधि अभाव भएपनि विपन्न वर्गका बिरामीहरु महिनौदेखि औषधि नै नखाइ बसेका छन् ।

औषधि नखाँदा बिरामीहरुमा हातखुट्टाका जोर्नी दुख्ने, शरीर दुख्ने हुँदा कुनै पनि काम गर्न नसक्ने अवस्थमा पुगेका छन् ।  दाङका सिकलसेल एनिमियाका बिरामीले ‘फोलिकएसिड’ नियमित खाइरहेको भए पनि ‘हाइड्रिया’ औषधि खान नपाएका हुन् ।

दाङमा ‘फोलिकएसिड’ भए पनि ‘हाइड्रिया’ नामक औषधि अभाव रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी चित्रकला अधिकारीले बताए । उनले भने, ‘सिकलसेल एनिमिया रोगीले दुई औषधि खानुपर्छ,अहिले फोलिकएसिड नामक छ, तर हाइड्रिया नामक औषधि छैन ।’

दाङमा १३५ जनाले नियमित औषधि लिइरहेको भए पनि औषधि अभाव भएपनि बिरामीहरुमा फेरी स्वास्थ्य समस्या देखिन थालेको छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ११ : ०९ बजे

बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

तनहुँ– म्याग्दे गाउँपालिका-१ गुणादीस्थित सडकमा दमौलीबाट थर्पुतर्फ आउँदै गरेको बा.१३ च ६७७८

तनहुँबाट छ जना जुवाडे पक्राउ

तनहुँ– भानु नगरपालिका-१ बस्ने ५८ वर्षीय कर्ण बहादुर गुरूङको घरमा जुवातास

नेप्से परिसूचकमा दोहोरो अंकको सुधार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको

तुर्कमेनिस्तान पुगे प्रधानमन्त्री ओली

तुर्कमेनिस्तान– प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो

जरायोको सिङसहित दुई जना पक्राउ

मोरङ– पथरीशनिश्चरे नगरपालिका-२ सरस्वती टोलबाट जरायोको सिङ ३ जोर (६ वटा) सहित