‘लाखे’मा कलाकारको जम्बो टिम « Khabarhub

‘लाखे’मा कलाकारको जम्बो टिम


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘पासवर्ड’ निर्देशक सम्राट बस्नेतले नयाँ फिल्म ‘लाखे’ निर्माण गर्ने भएका छन् । फिल्मका लागि सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापालगायतका कलाकार फाइनल भएका छन् ।

फिल्मका लागि अझै केही कलाकार छनौटको क्रममा छन् । बाँकी कलाकार अडिसन मार्फत छनौट हुने निर्देशक बस्नेतले बताए । उनले बाँकी कलाकार अडिसनमार्फत छनोट गर्ने जानकारी दिए ।

निर्देशक बस्नेतका अनुसार फिल्मका लागि १८ देखि २४ बर्षसम्मको एक मुख्य अभिनेत्री, ८ देखि १० वर्षको एक बाल कलाकार, १७ देखि २४ वर्षसम्मको एक महिला कलाकार र २६ देखि ५० वर्षसम्मको १० पुरुष सहायक कलाकार छानिनेछ ।

ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् । कथा समेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।

ठुलो बजेटमा निर्माण हुने बताइएको फिल्मको नाम ‘लाखे’ राखिएपनि नेपाली संस्कृतिमा रहेको लाखे परम्परा बिषयबस्तुमा पुरै नसमेटिएको निर्देशक बस्नेतले बताए । ‘नेपालको संस्कृतिमा रहेको ‘लाखे’ परम्पराको प्रचार गर्ने उदेश्यले फिल्मको नाम लागेको जुर्याइएको हो’ निर्देशक बस्नेते भने । फिल्मको छायांकन पुसबाट सुरु हुनेछ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  १ : २३ बजे

सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, अन्य केही गम्भीर घाइते

काठमाडौं- कर्फ्यु आदेश जारी भएपछि पनि तनाव चुलिएका बेला सिरहाको गोलबजारमा

मनिष झाले आफ्नै सरकारको आलोचना गर्दै भने : सुरक्षा संवेदनशीलतालाई सम्बोधन गर्न सकेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मनिष झाले सुरक्षा संवेदनशीलतालाई संघीय

मेगा बजेट फिल्म ‘रामायण’को ट्रेलर सार्वजनिक, राम–रावण बनेका रणवीर-यशको टकराव

काठमाडौं – मेगा बजेटका कारण चर्चामा रहेको नायक रणवीर कपुर

हल्दीबारीका विपन्न र दलित समुदायलाई स्वरोजगार सामग्री वितरण

भद्रपुर– यहाँको हल्दीबारी गाउँपालिकाले अपाङ्गता भएका, विपन्न तथा दलित समुदायका

धनुषाका केही क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम- जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन