दृष्टि दानको कथामा ‘थर्ड आई’ « Khabarhub

दृष्टि दानको कथामा ‘थर्ड आई’


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आशुतोष फिल्मस् प्रोडक्सनको व्यानरमा सर्ट फिल्म ‘थर्ड आई’ को धमाधम छायांकन भइरहेको छ । आशुतोष अधिकारीको निर्देशनमा बनिरहेको फिल्मको यतिबेला चितवन र पोखरामा छायांकन भइरहेको छ ।

निर्देशक अधिकारीका अनुसार फिल्मले विश्वमा रहेका दृष्टिविहिनहरुलाई दृष्टियुक्त व्यक्तिले मरणोपरान्त दृष्टि दान गरेमा कोही पनि दृष्टिविहिन हुन नपाउने कथा देखाउनेछ । लायन्स क्लब भरतपुर सप्तरंगीको सहकार्य निर्माण भइरहेको फिल्ममा सरोज दाहाल, कमला अधिकारी, केडी प्रसिद्ध, विमल पौडेल र सुरज पोख्रेल आदि कलाकारको अभिनय रहेको छ ।

फिल्ममा विनोद मिश्र प्रस्तुतकर्ता, केडी प्रसिद्ध कार्यकारी निर्माता, सुजन बिसीको छायांकन, मन्दिल श्रेष्ठको सम्पादन, सुनयमान श्रेष्ठको मिक्सिङ, सम्राट थापाको पाश्र्वसंगीत, विमल लामाको संगीत तथा गायन, आरती अधिकारी आचार्यको कथा तथा रफी शाहको पटकथा र संवाद रहेको छ । फिल्ममा दीपक अधिकारीको मुख्य सहायक निर्देशन रहेको छ ।

निर्देशक आशुतोषले यसअघि सर्ट फिल्म ‘हाम्रो नाता’बाट अवार्ड जितिसकेका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  १२ : ०६ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको