दृष्टि दानको कथामा ‘थर्ड आई’ | Khabarhub Khabarhub

दृष्टि दानको कथामा ‘थर्ड आई’


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आशुतोष फिल्मस् प्रोडक्सनको व्यानरमा सर्ट फिल्म ‘थर्ड आई’ को धमाधम छायांकन भइरहेको छ । आशुतोष अधिकारीको निर्देशनमा बनिरहेको फिल्मको यतिबेला चितवन र पोखरामा छायांकन भइरहेको छ ।

निर्देशक अधिकारीका अनुसार फिल्मले विश्वमा रहेका दृष्टिविहिनहरुलाई दृष्टियुक्त व्यक्तिले मरणोपरान्त दृष्टि दान गरेमा कोही पनि दृष्टिविहिन हुन नपाउने कथा देखाउनेछ । लायन्स क्लब भरतपुर सप्तरंगीको सहकार्य निर्माण भइरहेको फिल्ममा सरोज दाहाल, कमला अधिकारी, केडी प्रसिद्ध, विमल पौडेल र सुरज पोख्रेल आदि कलाकारको अभिनय रहेको छ ।

फिल्ममा विनोद मिश्र प्रस्तुतकर्ता, केडी प्रसिद्ध कार्यकारी निर्माता, सुजन बिसीको छायांकन, मन्दिल श्रेष्ठको सम्पादन, सुनयमान श्रेष्ठको मिक्सिङ, सम्राट थापाको पाश्र्वसंगीत, विमल लामाको संगीत तथा गायन, आरती अधिकारी आचार्यको कथा तथा रफी शाहको पटकथा र संवाद रहेको छ । फिल्ममा दीपक अधिकारीको मुख्य सहायक निर्देशन रहेको छ ।

निर्देशक आशुतोषले यसअघि सर्ट फिल्म ‘हाम्रो नाता’बाट अवार्ड जितिसकेका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  १२ : ०६ बजे

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार दिउँसो बस्दै

सञ्चार सुविधा नहुँदा पर्यटकलाई सास्ती

बेनी – अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार

आज देशभर मौसम सफा रहने

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै

चैतमा फुल्ने ‘पलम’ असोजमै फुल्यो

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको

एमाले केन्द्रीय कमिटी बैठक: केन्द्रीय सदस्यले धारणा राख्नेक्रम जारी

काठमाडौं – नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक जारी छ। बिहीबार