‘लाखे’लाई छानिए दश कलाकार « Khabarhub

‘लाखे’लाई छानिए दश कलाकार


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–फिल्म ‘लाखे’ का लागि १० कलाकार छनोट भएका छन् । निर्माण युनिटले हालै थापागाउँस्थित कान्तिपुर फिल्म कलेजमा अडिसन गर्दै फिल्मका लागि एक सह–अभिनेत्री, एक बालकलाकारसहित विभिन्न चरित्रलाई १० कलाकार छानेको हो । फिल्मका निर्देशक सम्राट बस्नेत हुन् ।

‘फिल्मको पात्र अनुसार अहिले अडिसन दिनेमध्येबाट १० कलाकार छानिएका छन्’ निर्देशक बस्नेतले भने ‘थप छानिने कलाकारको सुचि फिल्मको आधिकारिक फेसबुक पेज तथा इस्टाग्राममार्फत सार्वजनिक गरिनेछ ।’

फिल्मका लागि अडिसनमार्फत पहिलो चरणमा रक्षा बुढाथोकी, अजय पन्त, उमेश सुनाम, रुपेश झा, चक्रबहादुर बिष्ट, सुजन ए.परियार, श्रवणकुमार राणा, राजन भुजेल, अन्विशा खड्गी र बालकलाकार सिष्टम भण्डारी रहेका छन् । फिल्मका कार्यकारी निर्माता हरि मल्ल ठकुरीका अनुसार २ सय बढीले फिल्मका लागि अडिसन दिएका थिए ।

फिल्मका लागि यसअघि नै सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा लगायतका कलाकार फाइनल भइसकेका छन् ।

ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् । कथासमेत निर्माता अर्यालकै रहेको फिल्ममा गणेश मल्ल ठकुरी प्रस्तुतकर्ता छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  १० : ३० बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर