घट्टेकुलो विस्फोटका प्रत्यक्षदर्शीले जे देखे | Khabarhub Khabarhub

घट्टेकुलो विस्फोटका प्रत्यक्षदर्शीले जे देखे


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीको घट्टेकुलोमा भएको विस्फोटमा परि एक जनाको मृत्यु भएको छ । त्यस्तै सुकेधारमा भएको अर्को विस्फोटमा २ जनाको ज्यान आएको छ ।

घट्टेकुलोको संगम गल्लीमा साढे ४ बजे भएको विस्फोटमा एक जनाको मृत्यु भएको र घाइतेको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न सकेको छैन । विस्फोटमा घाइते भएका रुकुम सानो भेरी गाउँपालिका स्थायी घर भएका वर्ष २६ का रविन केसी घाइते भइ विर अस्पताल उपचारका लागि लगिएको छ ।

घट्टेकुलोको एक घरमा भुइतलामा विस्फोट भएको र उक्त विस्फोटले घरको गारो नै चर्किएको बाहिरबाट नै देख्न सकिन्छ । उक्त विस्फोटको समयमा छिमेकी घरहरुमा समेत कम्पन भएको स्थानीयले बताएका छन् ।

विस्फोट भएको घरको अगाडि पसल चलाएर बसेकी हेमा कोइराला विस्फोटकी एक जना प्रत्यक्षदर्शी हुन् । प्रत्यक्षदर्शी कोइरालाका अनुसार विस्फोट भएपछि शुरुमा ट्रान्सफर्मर पड्एिको अनुमान आफूहरुले लगाएको बताइन् । केहीले ग्यास सिलिन्डर विस्फोट भनेपछि केही मानिस हेर्न गएका थिए । तर ग्यासको सिलिन्डरमा कुनै क्षति नपुगेको उनीहरुले बताएको कोइरालले भनिन् ।

‘म विस्फोटको समयमा यो नजिकको घरमा थिएँ । एक्कासी पड्किएकोे आवाज आयो । पहिला ट्रान्सफर्मर पड्किएको भन्ने सोच्यौं तर होइन रहेछ, केहीले ग्यास पड्किएको रहेछ भने’ प्रत्यक्षदर्शी कोइरालाले भनिन्,‘पछि गएर हेर्दा भने ग्यास सिलिन्डर सध्दे नै थियो । अरु नै विस्फोट भएको रहेछ ।’

बम विस्फोट भएको स्थानीयले आशंका व्यक्त गरका छन् । विस्फोटपछि एक जना रगताम्मे भएर बाहिर निस्किएको र उनको पाइन्टसमेत च्यातिएको अवस्थामा रहेको आफूले देखेको कोइरालाको भनाइ थियो । ‘एकजना रगताम्मे भएर बाहिर निस्किएका थिए, उनको पाइन्ट पनि च्यातिएको थियो’ कोइरालाले भनिन्,‘भित्र एक जना मरेका थिए बाहिर निस्कने रगताम्मे थिए ।’

विस्फोट भएको घरका अर्का एक छिमेकीले भने उक्त समय आफू घरमा नै रहेको र त्यस बेला घरका झ्याल ढोकाहरु निकै थर्किएको बताए ।
‘ढोका झ्यालहरु हल्लियो त्यसपछि बाहिर निस्किएँ, विस्फोट निकै ठूलो थियो’ उनले भने,‘ यहाँको अवस्था र विस्फोटको आवाजपछि हामीहरुले उक्त घरमा बम बनाउँदै गर्दा गल्तीले विस्फोट भएको हो कि भन्ने आशंका गरेका छौं ।’

घरको भुइतलमा विस्फोट भएको छ र त्यसले सिलिङमा पनि क्षति पुगेको छ । विस्फोटमा विप्लव समूहको संलग्ता रहेको आश‌ंका प्रहरीले गरेको छ ।

यो पनि पढ्नुस्

 

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ६ : ०५ बजे

बिरामीको उपचारमा संलग्न चिकित्सकले आफ्नो विवरण खुलाउनु पर्ने

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिरामीहरूको उपचारमा संलग्न सबै सरकारी

गणतन्त्रको विकल्प अर्को व्यवस्था हुन सक्दैन : प्रचण्ड

कञ्चनपुर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शहीदका सपना

प्रि ओपन सेसन : झिनो अङ्कले घट्याे नेप्से

काठमाडौं– बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल

वीरगञ्जमा राजस्व उठाउन घरदैलो अभियान

वीरगञ्ज– वीरगञ्ज महानगरले लक्ष्यअनुसार राजस्व सङ्कलन नभएपछि घरदैलो अभियान थालेको