ट्रेन्डिङमा कमेडी ‘उकुस मुकुस’ « Khabarhub

ट्रेन्डिङमा कमेडी ‘उकुस मुकुस’


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आजकल टेलिभिजनमा भन्दा पनि युट्युबमा दर्शकको संख्या उल्लेख्य बढ्दै गएको छ । विशेषत दर्शकको चासो पारिवारिक कथाका टेलिफिल्मभन्दा पनि कमेडी जनराका टेलिफिल्ममा रुची बढ्दो छ ।

विगत १० भागदेखि प्रसारण हुँदै आएको कमेडी सिरियल ‘उकुस मुकुस’लाई दर्शकले उत्तिकै रुचाइरहेका छन् । सार्वजनिक १० भागमध्ये ४ वटा भाग नेपालको युट्युब ट्रेन्डिङमा परेको छ । यो टेलिफिल्म नेपालको युट्युब ट्रेन्डिङको नवौं स्थानमा छ ।

केदारप्रसाद घिमिरे र दिलीप तामाङको पटकथा तथा संवाद रहेको टेलिफिल्ममा दिलिप तामाङ ‘हुरहुर’, वेदना राई, देवी आले, प्रकाश लिम्बु, नहकुल भट्टराई, टुल्कु तामाङ, रमेश वुढामगर, दीपक लम्साल, सोहन थापा, जयनन्द लामा, रामचन्द्र अधिकारीलगायतका कलाकारको अभिनय छ ।

टेलिफिल्ममा केदारकै लेखन सुपरिवेक्षण, लोकचन्द्र थापाको छायांकन, सुविन दाहालको सम्पादन, नहकुल भट्टराइको लगानी, दिलिप तामाङ र सितादेवी तिमिल्सेनाको निर्देशन रहेको छ ।

निर्माता भट्टराईले टेलिफिल्मले गाउँघरको विषयलाई उठान गरेकाले दर्शकले मनपराएको दाबी गरे ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ३ : ५९ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको