अब बाग्लुङका सबै वडामा हेलिप्याड « Khabarhub

अब बाग्लुङका सबै वडामा हेलिप्याड


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट, बाग्लुङ– बागलुङ जिल्ला विपत् व्यवस्थापन समितिको पहलमा जिल्लाको सबै स्थानीय तहका वडामा हेलिप्याड बनाइने भएको छ ।

तत्कालका लागि उद्धार गर्न मिल्ने जिल्लाका १० वटै स्थानीय तहका सबै वडामा हेलिप्याड निर्माण गर्नका लागि स्थानीय तहसँग सहकार्य गर्ने निर्णय गरिएको उक्त समितिले जनाएको छ ।

प्रत्येक स्थानीय तहमा रात्रिकालीन हेलिप्याड र प्रत्येक वडामा हेलिप्याड निर्माणका लागि स्थानीय तह सहमत भई आवश्यक जग्गा उपलब्ध गराउन पनि पहल भइरहेको बताइएको छ । कुनै पनि प्रकारका घटना सुत्केरी र आगलागीका बेला तत्काल उद्धार तथा राहतका लागि हेलिकोप्टर अतिआवश्यक भएकाले स्थानीय तहलाई हेलिप्याड निर्माण गर्न आग्रह गरिएकामा सहमति आइसकेको समितिका अध्यक्ष वेदप्रसाद खरेलले बताए।

सरकारले सुत्केरीको उद्धारका लागि निःशुल्क हेलिकोप्टर सेवा उपलब्ध गराउने योजना ल्याएका कारण वडावडामा हेलिप्याड निर्माण गर्न थालिएको उनले जानकारी दिए। कुनै पनि घटनाका बेला हेलिकोप्टरबाट उद्धार गर्न अतिसहज हुने भएकाले प्रत्येक वडामा हेलिप्याड निर्माण गर्न थालिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए। ‘स्थानीय सरकार आइसकेपछि जनतालाई कसरी सेवासुविधा दिने भन्नेमा केन्द्रित छौं’, उहाँले भन्नुभयो, ‘जनताको जिउधनको सुरक्षा गर्ने हाम्रो दायित्व हो ।’

दुर्गम क्षेत्रमा तत्कालै उद्धार गर्ने महत्वपूर्ण साधनको रूपमा रहेको हेलिकोप्टर अवतरणका लागि हेलिप्याड निर्माण गर्न लागिएको तमानखोला गाउँपालिकाका प्रमुख जोकलाल बुढाले बताए।

बागलुङ जिल्लामा गत साउनदेखि पुस मसान्तसम्म दैवीप्रकोपको घटनामा पाँच जनाको ज्यान जानका साथै ठूलो परिणममा धनमाल पनि नष्ट भएको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले उल्लेख गरे।

जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामा ८५ वडा छन् । हेलिप्याडका लागि आवश्यक प्राविधिक सहयोग नेपाली सेनाबाट लिइने र यसमा सकेसम्म सरकारी जग्गा नभए स्थानीयवासीको समन्वय र व्यवस्थापनमा प्राप्त जमीन उपयोगमा ल्याइने स्थानीय तहले जनाएका छन् ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ११ : ०३ बजे

राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी

काठमाडौं– एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आज

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई- भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो

काठमाडौँ- कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

काठमाडौं– शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा

‘फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई सरकारले प्राथमिकता दिएको छ’

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीको फाप्ला अन्तरराष्ट्रिय क्रिकेट