कालिकोटमा बाढीपीडितका १०१ घर निर्माण हुँदै | Khabarhub Khabarhub

कालिकोटमा बाढीपीडितका १०१ घर निर्माण हुँदै


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालिकोट – विसं २०७७ साउनमा आएको बाढीपहिराका करणले विस्थापित भएका कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका–४ भाटगाउँ, खाती रुप्सा, पाङ र वडा नं ७ बागाछान्ना र घोडेसिल्ला गाउँमा रु चार करोड लागतमा १०१ घर निर्माण हुने भएका छन् । बाढीपहिरो विस्थापित घरपरिवारलाई चालु आर्थिक वर्षमा नै नरहरिनाथ गाउँपालिकाकोे वडा नं ४ को डाँडासुन्दर बस्तीमा १०१ घर निर्माण हुने भएका हुन् ।

विसं २०७७ मा आएको बाढीपहिराका कारणले नरहरिनाथ गाउँपालिकामा १६ जनाले ज्यान गुमाएका थिए भने २०६ घरपरिवार विस्थापित भएका थिए । विस्थापित भएकामध्ये आर्थिक वर्षमा रु एक करोड ७० लाख लागतमा ५५ घर निर्माण गरिएका र थप १०१ घर निर्माण गरिने गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले जानकारी दिए । “गत आवमा कर्णाली प्रदेश सरकारको सहयोगमा ५५ घर निर्माण गरेर एकीकृत बस्ती बसालेका छौँ’, उनले भने, ‘थप त्यही ठाउँमा चालु आवमा १०१ घर निर्माण हुनेछन् ।’

नमूना बस्तीमा रु ४० लाख विद्यालय भवन निर्माण हुने र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रु २६ लाख लागतमा विद्यालयको फिल्ड निर्माण गरिने उपाध्यक्ष बुढाले बताए । ‘हामीले नमूना बस्तीमा ५५ घर निर्माण गरेर समुदायलाई हस्तान्तरण गरिसकेका छौँ । खानेपानी, विद्यालय निर्माणलगायत भौतिक पूर्वाधारका संरचना निर्माण गरिसकेका छौँ’, उनले भने, ‘बस्ती पुनःनिर्माणको कामलाई यथाशीघ्र बढाई समयमै काम सम्पन्न गर्ने गरी कामको थालनी भएको छ ।’

गाउँपालिकाभरि बाढीपहिराबाट पूर्णरूपमा क्षति भएका घरको पुनःनिर्माणका काम थालनी गरिने त्यसका लागि वडा कार्यालयमार्फत लगत सङ्कलन भइरहेको उपाध्यक्ष बुढाले जानकारी दिए। ‘हामीले पूर्णरूपमा क्षति भएका घरको गाउँपालिकाले १० प्रतिशत लगानी गर्ने र बाँकी सङ्घीय सरकारसँग सहयोगका लागि पहल गर्ने योजना छ ।’ उनले भने, ‘त्यसका जिल्ला प्रशासन कार्यालयमार्फत अहिले पहल थालिएको छ।’

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका कालिकोटका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख र विपद् व्यवस्थापन समितिका अन्य पदाधिकारीले बाढीपहिरो पीडितसँग भेटघाट तथा गत आवमा बनेका घरको अनुगमन साथै नयाँ बन्ने घर निर्माणका लागि समुदायसँग भेटघाट गरिएको उपाध्यक्ष बुढाले जानकारी दिए ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १० : २८ बजे

हेटौँडा औद्योगिक क्षेत्रमा १२७ उद्योग सञ्चालनमा

मकवानपुर– मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा हाल दैनिक १२७ वटा विभिन्न

चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी

नवलपरासी– चितवन राष्ट्रिय निकुञ्जमा ७२ हजार पर्यटकले भ्रमण गर्दा १०

एउटै गाउँबाट डेढ करोडको सुन्तला बिक्री

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजाले यस वर्ष सात

कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख

नवलपरासी– सडक पूर्वाधार नबन्दा कुनै बेला विकट मानिने सर्दी कालोपत्र

कास्कीको हरिचोक–याम्दी सडक स्तरोन्नतिको काम तीव्र गतिमा हुँदै

गण्डकी– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको स्तरोन्नतिको