जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख भट्टको निधन « Khabarhub

जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख भट्टको निधन


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टको निधन भएको छ । काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत भट्टको सोमबार निधन भएको कांग्रेस डडेल्धुराले जनाएको छ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहभागी हुन डडेल्धुराबाट काठमाडौँ पुगेका प्रमुख भट्ट मंसिर २८ गते एक्कासि बेहोस भएका थिए।

त्यसपछि उनलाई सुमेरु अस्पतालमा भर्ना गरियो थियो । त्यहाँ ठिक नभएपछि थप उपचारका लागि उनलाई अन्नपूर्ण न्यूरो अस्पतालमा लगिएको थियो । सुगर लेभल र ब्लड प्रेसर बढेपछि चिकित्सकले उनलाई ‘ब्रेन हेम्रेज’ भएको बताएका थिए ।

२०४६ सालमा पाटन क्याम्पसमा अध्ययन गर्दा नेपाल विद्यार्थी संघमा आबद्ध भएका भट्टको कांग्रेस राजनीतिमा योगदान छ ।

नेपाल तरुण दलका पूर्वकेन्द्रीय सचिवसमेत भएका भट्ट यसपटक कांग्रेस डडेल्धुरा प्रदेश (ख) को क्षेत्रीय सभापति बनेका थिए ।

५० वर्षीय भट्ट डडेल्धुरा जिल्ला अदालत बार इकाईका पूर्वअध्यक्षसमेत हुन् । भट्ट जिल्ला समन्वय समिति महासंघका केन्द्रीय उपाध्यक्ष पनि हुन् ।

जनआन्दोलमा उनले करिब तीन महिना जेल जीवन बिताएका थिए । २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘कु’ गरेपछि उनीलगायत चार जनाले डडेल्धुरामा आन्दोलनको नेतृत्व गरेका थिए । माघ २५ गते उनीहरू जेल परेका थिए । उनका दुई छोरी र एक छोरा छन् ।

 

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ९ : १६ बजे

कांग्रेस संस्थापन इतर समूहले भन्यो- सर्वोच्चबाट अन्तिम फैसला नआएसम्म महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि रोकौँ

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आयोजक समितिले

भुटानका दुई मन्त्रीले दिए राजीनामा

काठमाडौं- भुटानका दुई मन्त्रीले राजीनामा दिएका छन् । भुटानका गृहमन्त्री

सदनप्रति उत्तरदायी हुन तयार भएनन् प्रधानमन्त्री, सभामुखले भेटेरै बोलाउँदा पनि भने : विचार गरौँला

काठमाडौं- मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि सभामुख डोलप्रसाद अर्यालयले

ट्रम्पले इरानसँग मागे क्षतिपुर्ति

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भावित शान्ति सम्झौताका लागि नयाँ

संस्थापन इतरको राष्ट्रिय भेलामा गएर शेखरले पार्टी एकताको आह्वान गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला संस्थापन इतर समूहले