अनमोल भन्छन्–म्यूजिक भिडियोमा अभिनय गर्न जरुरी छ जस्तो लाग्दैन « Khabarhub

अनमोल भन्छन्–म्यूजिक भिडियोमा अभिनय गर्न जरुरी छ जस्तो लाग्दैन


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कोभिड महामारी पछि नेपालमा सर्वाधिक फस्टाएको व्यवसाय भनेको म्यूजिक भिडियो नै हो भन्दा फरक नपर्ला । किनकी यो समयावधिमा कोभिडअघिको समय भन्दा बढी नै म्यूजिक भिडियो बने । भिडियोमा पल शाह, पुष्प खड्का, आकाश श्रेष्ठ, पुजा शर्मालगायतका कलाकारहरुले अभिनय गरिरहँदा अभिनेता राजेश हमाल पनि भिडियोमा जोडिए । उनले झण्डै दर्जनको हाराहारी भिडियोमा अभिनय गरिसकेका छन् ।

भिडियोका मामलामा अभिनेता अनमोल केसी अपवाद छन् । अर्थात् उनले अहिलेसम्म कुनै पनि भिडियोमा आफ्नो उपस्थिति दर्शाएका छैनन् । नेपाल र अष्ट्रेलियामा रहेको एम्पायर एजुकेसनले बुधबार आफूलाई ‘ब्राण्ड एम्बेसडर’ घोषणा गरेपछि पत्रकारमाझ अनमोलले अहिलेलाई म्यूजिक भिडियो जरुरी नरहेको बताए । ‘नेपालमा म्यूजिक भिडियोको सुरुवात मेरो बुवाले नै गर्नुभएको हो । म म्यूजिक भिडियोलाई राम्रो मान्छु । फिल्ममा चारदेखि पाँचवटा गीत छ भने मैले अहिले नै म्यूजिक भिडियोमा काम गर्नुपर्छ भन्ने जरुरी लाग्दैन’, उनले भने ।

उनले ऐम्पायरसँगको सम्झौता ‘मनको सम्झौता’ रहेकाले सम्झौता अवधि यति नै हो भन्ने नभएको दाबी गरे । उनले विदेश जाने कुरा नराम्रो नरहेको भन्दै विदेशमा गएर सिकेका ज्ञानलाई नेपालमा फर्किएर उपयोग गर्न युवाहरुलाई आव्हान गरे ।

कार्यक्रममा एम्पायरका प्रबन्ध निर्देशक स्वतन्त्रप्रताप शाहले १५ वर्षकाे इतिहास बाेकेकाे एम्पायरले अनमाेललाई एम्बेसडर बनाउन पाउदा खुशी लागेकाे बताए ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ४ : १३ बजे

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस– अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल

जापान भूकम्प अपडेट : २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

कुमामोटो– जापानका आपतकालीन उद्धारकर्मीहरुले भुकम्पले भत्कीएको सपिङ्ग मलबाट जिवित मानिसलाई