जेठ १३ गतेलाई शहीद पत्रकार स्मृति दिवसका रुपमा मनाइने | Khabarhub Khabarhub

जेठ १३ गतेलाई शहीद पत्रकार स्मृति दिवसका रुपमा मनाइने


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– पत्रकार कृष्ण सेन ‘इच्छुक’ मारिएको दिन (जेठ १३ गते)लाई नेपाल पत्रकार महासंघले शहीद पत्रकार स्मृति दिवसका रुपमा मनाउने भएको छ ।

पहिलोपटक सोमबार (जेठ १३ गते) शहीद पत्रकार स्मृति दिवस मनाएको महासंघले अब हरेक वर्ष स्मृति दिवस मनाउने जनाएको हो ।

सोमबार आयोजित स्मृति सभामा बोल्दै महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकार इच्छुक मारिएको दिन जेठ १३ गतेलाई महासंघले हरेक वर्ष महासंघका सबै तहमा शहीद पत्रकारको सम्मानमा स्मृति दिवस मनाइने बताए ।

नेपालमा पत्रकारहरु पत्रकारिता गरेकै कारण मारिएका तथा वेपत्ता पारिएको हुँदा घटनाका दोषीलाई कारबाही नभएसम्म महासंघले आवाज उठाइरहने पनि महासंघका अध्यक्ष आचार्यले बताए ।

पत्रकार महासंघको केन्द्रीय कार्यालय, काठमाडौंको सञ्चारग्राममा आयोजित स्मृति सभामा बोल्दै महासंघका उपाध्यक्ष विपुल पोख्रेलले मारिएका तथा वेपत्ता परिएका पत्रकारको न्यायका लागि सधैं लागिरहने बताए ।

कार्यक्रममा बोल्दै प्रेस काउन्सिलका सदस्य ईश्वरी ओझाले जुनसुकै पृष्ठभूमिमा बनेका सरकार आए पनि पत्रकारहरु त्यसको सिकार बन्नुपरेको बताए ।

नेपाल पत्रकार महासंघका पूर्व महासचिव उजिर मगरले शहीद तथा वेपत्ता पत्रकारका सदस्यको सहभागितामा आगामी दिनमा स्मृति दिवस मनाउनुपर्ने बताए ।

कार्यक्रमका संयोजक जन्मदेव जैसीले नेपालमा द्वन्द्वकालदेखि हालसम्म ३७ जना पत्रकार मारिएका तथा ५ जना पत्रकार वेपत्ता रहेको भन्दै त्यसको न्यायका लागि आवज उठाउन महासंघले कार्यक्रमको आयोजना गरेको बताए ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ३ : ५४ बजे

भारतको मेगा चिडियाखाना पुनः पशु अधिग्रहण विवादको केन्द्रमा

बैङ्कक– भारतको विशाल मेगा–चिडियाखाना भान्तारा फेरि विवादको घेरामा परेको छ ।

‘के–फुड’ कार्यक्रम सम्पन्न

काठमाडौं– कोरियामा कामको अनुभव लिएका तथा कोरिया सरकारको छात्रवृत्तिमा अध्ययन

अदालतमा विचाराधीन रविको मुद्दाबारे रास्वपा भन्छ : ४० लाख जनताले प्रतिशोध र अन्यायपूर्ण भनिसके

काठमाडौं- विभिन्न पाँचवटा सहकारीमा भएको रकम हिनामिना प्रकरणमा मुछिएका सभापति

विपन्न चेपाङ समुदायलाई न्यानो कपडा वितरण

दमौली– व्यास नगरपालिका–११ राम्चे ओडारेका विपन्न चेपाङ समुदायलाई न्यानो कपडा

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

राँझा– सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार कम्पनीको लापरबाहीले