बंगलादेशमा फेरीमा आगलागी : ३२ को मृत्यु, १०० जना घाइते | Khabarhub Khabarhub

बंगलादेशमा फेरीमा आगलागी : ३२ को मृत्यु, १०० जना घाइते


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बंगलादेशमा एउटा फेरीमा आगो लाग्दा ३२ जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा अवस्थित झाकाकाथीमा शुक्रबार विहान आगो लागेको हो । दुर्घटनाग्रस्त फेरीमा ५०० जना यात्रु थिए ।

‘तीन तले सो फेरी नदीकोको बीचमा आगो लागेको थियो । आगलागीमा जलेका ३२ जनाको शव फेला पारेका छौं । मृतकको संख्या अझै बढ्न सक्छ ।’ स्थानीय प्रहरी प्रमुख मोइनुस इस्लामले भने । आगो लागेपछि कोही नदीमा हाम फालेका थिए ।

फेरीमा आगो लागेर घाइते १०० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बंगलादेशमा बारम्बार फेरी दुर्घटनामा पर्ने गरेका छन् । मर्मतसम्भारको अभाव, न्यून सुरक्षा र क्षमताभन्दा बढी यात्रुका कारण फेरी दुर्घटनामा परेको विज्ञहरु बताउँछन् ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ११ : ४७ बजे

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार