पठाओले सुरु गर्‍यो राइड सेयरिङ बीमा | Khabarhub Khabarhub

पठाओले सुरु गर्‍यो राइड सेयरिङ बीमा


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–वैकल्पिक सार्वजनिक यातायात कम्पनीको आएको पठाओले राइड सेयरिङ बीमा सेवा सुरु गरेको छ । पठाओले एभरेष्ट इन्स्योरेन्ससँगको समन्वयमा राइडर र सेवाग्राही दुवैको राइडको समयको दुर्घटना बीमा सुरु गरेको हो ।

राइडर (चालक) र सेवाग्राही दुवैको सुनिश्चित र सुरक्षित राइडको अनुभव दिने उद्देश्यले ’राइड सेयरिङ बिमा’ सुरु गरेको पठाओ नेपाल प्रालिका प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यातले बताए । मोबाइल एपमार्फत राइड रिक्वेस्ट नगरी अफलाइन यात्रा गर्दा बीमा माग दाबी गर्न मिल्ने छैन ।

पठाओ एपमार्फत सहजीकरण गरि उपलब्ध सेवाहरु प्रयोग गर्ने सेवाग्राही तथा राइडर(चालक)हरुको १ लाखसम्मको दुर्घटना उपचार बिमा र सवारी दुर्घटनाका कारण मृत्यु वा अपांगता हुन पुगेको खण्डमा ५ लाखसम्म बिमा दाबी गर्न सकिन्छ । दुर्घटना भएर उपचारको क्रममा मृत्यु भएमा ६ लाख सम्मको बिमा दावी गर्न सकिने बस्न्यात बताउँछन् ।

सेवाग्राहीले राइड सेयरिङ बीमा दाबी गर्न आफ्नै पठाओ अकाउन्टबाटै राइड बुक गरेको हुनुपर्ने, ब्यक्तिगत जानकारी सहि हुनुपर्ने र यात्रा सुरु गर्नुपूर्व राइडरको सवारी नम्बर र सवारीको मोडल पठाओ एपमा दर्ता भए बमोजिम छ कि छैन जाँच गरेर मात्र सवारी लिनुपर्ने शर्त राखिएको छ ।

त्यसैगरी सेवाग्राही र राइडरको पठाओ एपमा ब्याक्तिगत विवरण सही हुनुपर्ने र दुर्घटना भएपश्चात सेवाग्राही तथा राइडर दुवैले १०० वा १०३ मा फोन गरेर प्रहरीलाई तत्काल खबर गर्नुपर्ने र सोही दिन पठाओमा खबर गरि र दुर्घटना भएकै दिन स्वास्थ्य संस्थामा जाँच गरेको अवस्थामा बीमा माग दावी गर्न सकिने बताइएको छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ३ : १५ बजे

मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक

पाँचथरमा बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु

पाँचथर – पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

प्रतिनिधिसभा बैठक बस्दै, पानीजहाज विधेयक टेबुल गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आइतबार बस्दैछ । बैठक

इरानको तेल भण्डारमा इजरायलको आक्रमण: भीषण आगो लागेको दृश्य सार्वजनिक

इरान – इजरायलको आक्रमणबाट इरानको तेल भण्डारमा भीषण आगो लागेको