दिलीप कुमारको बायोपिकमा अमिताभ « Khabarhub

दिलीप कुमारको बायोपिकमा अमिताभ


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– बलिउडमा बायोपिक फिल्म बनाउने चलन बढ्दो छ । हालैमात्र सुपरस्टार राजेश खन्नाको बायोपिकको घोषणा भयो । अब निर्देशक सुभाष घईले दिग्गज अभिनेता दिलीप कुमारको बायोपिक बनाउन कम्मर कसेका छन् ।

सुभाष दिवंगत अभिनेता दिलीप कुमारको ठूलो फ्यान हुन् । उनले दिलीपका साथ ‘विधाता’, ‘सौदागर’ र ‘कर्मा’ जस्ता फिल्म निर्माण गरेका थिए ।

अभिनेता दिलीपको जीवनको अन्तिम समयसम्म पनि सुभाष साथमै थिए । सुभाष दिलीपको निधन पछि उनकी पत्नी सायरा बानोको सहारा बने । यही परिप्रेक्ष्यमा सुभाषले दिलीपको बायोपिक बनाउने योजना बनाएका छन् ।

‘सुभाषको बुझाईमा अभिनेता दिलीप कुमारको जिन्दगी प्रेरक छ । उनको प्रेरक कथालाई उनी पर्दामा देखाउन चाहिरहेका छन् । सुभाष फलफूल व्यापारी छोरा कसरी भारतको सम्मानित अभिनेता बन्न सफल भए भन्ने कथा देखाउन चाहन्छन् । उनी अमिताभ बच्चनलाई दिलीप कुमारको भूमिकामा अभिनय गराउन चाहन्छन्’, सुभाष निकट स्रोतले भन्यो ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  १२ : ४३ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक