दुर्घटनामा घाइते भए भाइरल सहदेव « Khabarhub

दुर्घटनामा घाइते भए भाइरल सहदेव


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– सामाजिक सञ्जालको विश्वमा कोही पनि चर्चित हुनु ठूलो कुरा होइन । त्यसमा एउटा शर्त अवश्य छ, त्यो हो व्यक्तिको प्रतिभा । त्यो व्यक्तिमा केही नयाँ कुरा गरेर सबैलाई प्रभावित पार्न सक्ने क्षमता हुनुपर्छ । भारतमा अहिले सहदेव दिर्दो नामका बालक चर्चामा छन् ।

‘बसपनका प्यार’ गीत गाएर सहदेव केही समयअघि नै चर्चामा थिए । उनले कैयौं व्यक्तिलाई फ्यान नै बनाए । यिनै सहदेव अहिले सडक दुर्घटनामा परेर घाइते भएका छन् ।

उनको टाउकोमा निकै चोट लागेको छ । सुकमा जिल्ला अस्पतालमा प्राथमिक उपचार गरेपछि सहदेवको हाल जगदलपुरको मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था स्थिर छ र डाक्टरको निगरानीमा छन् ।

सहदेव छत्तीसगढको सुकमा जिल्लाका हुन् । उनी १४ वर्षका भए । सरकारी विद्यालयमा पढ्ने सहदेवको भिडियो भाइरल भएपछि उनको परिवारको आर्थिक अवस्थामा केही सुधार आएको छ ।

केही समय अघि इन्टरनेटमा एक बालकको भिडियो भाइरल भएको थियो । जसमा निलो सर्ट लगाएका सहदेव ‘बसपन का प्यार मेरा भूल नही जाना रे’ बोलको गीत गाइरहेका थिए । त्यो गीत निकै राम्रो थियो । बालकको साधारण शैलीले सबैलाई आकर्षित गरेको थियो । यही छोटो भिडियोले सहदेवको जीवनमा ठूलो परिवर्तन ल्याइदियो । एक साथीको मोबाइलमा खिचेर राखिएको यो भिडियो हेरेपछि मन्त्रीहरु पनि उनलाई गीत गाउनका लागि बोलाउन थालेका छन् ।

छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले पनि बालकलाई हौसला दिँदै गीत गाउन लगाएका थिए । उनले गायक बादशाहसँग पनि गीत गाएका छन् ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  १ : ११ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा