दुर्घटनामा घाइते भए भाइरल सहदेव « Khabarhub

दुर्घटनामा घाइते भए भाइरल सहदेव


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– सामाजिक सञ्जालको विश्वमा कोही पनि चर्चित हुनु ठूलो कुरा होइन । त्यसमा एउटा शर्त अवश्य छ, त्यो हो व्यक्तिको प्रतिभा । त्यो व्यक्तिमा केही नयाँ कुरा गरेर सबैलाई प्रभावित पार्न सक्ने क्षमता हुनुपर्छ । भारतमा अहिले सहदेव दिर्दो नामका बालक चर्चामा छन् ।

‘बसपनका प्यार’ गीत गाएर सहदेव केही समयअघि नै चर्चामा थिए । उनले कैयौं व्यक्तिलाई फ्यान नै बनाए । यिनै सहदेव अहिले सडक दुर्घटनामा परेर घाइते भएका छन् ।

उनको टाउकोमा निकै चोट लागेको छ । सुकमा जिल्ला अस्पतालमा प्राथमिक उपचार गरेपछि सहदेवको हाल जगदलपुरको मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था स्थिर छ र डाक्टरको निगरानीमा छन् ।

सहदेव छत्तीसगढको सुकमा जिल्लाका हुन् । उनी १४ वर्षका भए । सरकारी विद्यालयमा पढ्ने सहदेवको भिडियो भाइरल भएपछि उनको परिवारको आर्थिक अवस्थामा केही सुधार आएको छ ।

केही समय अघि इन्टरनेटमा एक बालकको भिडियो भाइरल भएको थियो । जसमा निलो सर्ट लगाएका सहदेव ‘बसपन का प्यार मेरा भूल नही जाना रे’ बोलको गीत गाइरहेका थिए । त्यो गीत निकै राम्रो थियो । बालकको साधारण शैलीले सबैलाई आकर्षित गरेको थियो । यही छोटो भिडियोले सहदेवको जीवनमा ठूलो परिवर्तन ल्याइदियो । एक साथीको मोबाइलमा खिचेर राखिएको यो भिडियो हेरेपछि मन्त्रीहरु पनि उनलाई गीत गाउनका लागि बोलाउन थालेका छन् ।

छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले पनि बालकलाई हौसला दिँदै गीत गाउन लगाएका थिए । उनले गायक बादशाहसँग पनि गीत गाएका छन् ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  १ : ११ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक