नुवाकोट कोरोना भाइरस सङ्क्रमणमुक्त | Khabarhub Khabarhub

नुवाकोट कोरोना भाइरस सङ्क्रमणमुक्त


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नुवाकोट जिल्ला बुधबारदेखि कोरोना सङ्क्रमणमुक्त भएको छ । यसअघि सङ्क्रमित भएर उपचार गराउँदै आएका विदुर नगरपालिका घर भएका दुई जना व्यक्ति सङ्क्रमणमुक्त भएसँगै नुवाकोट जिल्ला कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तम खनालले जानकारी दिए ।

उनको अनुसार जिल्लामा यसअघि सङ्क्रमित भएका सबैजना निको भएको र नयाँ सङ्क्रमित थप नभएसँगै कोरोनामुक्त भएको हो । विश्व महामारीका रूपमा फैलिएको कोरोना रोग नुवाकोटमा सबैभन्दा पहिला विसं २०७७ जेठ ११ गते भित्रिएको थियो । कोरोनाको पहिलो लहर विसं २०७७ फागुन २३ गते सङ्क्रमणमुक्त भएको थियो । पुनःदोस्रो लहरको सङ्क्रमण आएसँगै विसं २०७७ चैत २४ गते जिल्लामा कोरोनाको नयाँ सङ्क्रमण देखा परेको थियो । त्यसपछि निरन्तर बढ्दै गएको रोगको सङ्क्रमणले जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २०० भन्दा बढीसमेत पुगेको थियो ।

कोरोनाका कारण पहिलो लहरमा एक जना निधन भएकामा दोस्रो लहरमा थप ५१ जनाको निधन भएसँगै जिल्लामा हालसम्म निधन हुनेको सङ्ख्या ५२ जना पुगेको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिए ।

उनका अनुसार कोरोनाको पहिलो लहरमा एक हजार १४५ जना सङ्क्रमित पहिचान भएकामा दोस्रो लहरमा सात हजार २४५ जना थपिएका थिए ।

“अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमित हुने सङ्ख्या कूल आठ हजार ३९० पुगेपछि सङ्क्रमणमुक्त बनेको छ ।” वरिष्ठ जनस्वास्थ्य प्रशासक अधिकारीले भने । जिल्ला सङ्क्रमणमुक्त भए पनि नेपालमा रोगको सङ्क्रमण कायमै रहेको र विश्वमा नयाँ भेरियन्ट ओमिक्रोन फैलँदै गएकाले रोगको जोखिम कायम रहेकाले सावधान अपनाउन आग्रह गरिएको छ ।

सङ्क्रमणबाट बच्न जल्लावासीलाई अन्य जिल्लासँग आउजाउ गर्दा सावधानि अपनाउन, बाहिर जिल्लाबाट आउने व्यक्तिको स्वास्थ्यप्रति निगरानी गर्न, कोरोना रोगबाट बच्न निःशुल्क उपलब्ध गराइएको रोगविरुद्धको खोपको सेवा लिन भनिएको छ ।

कोरोनालगायत अन्य सरुवा रोगबाटसमेत बच्नका लागि स्वास्थ्य सुरक्षाको मापदण्डको पालनाअन्तर्गत घरबाट बाहिर सार्वजनिकस्थलमा आजजाउ गर्दा अनिवार्यरुपमा मास्क लगाउन, भौतिक दूरी कायम राख्न, साबुनपानीले राम्रोसँग हातधुन तथा स्यानिटाइजरको प्रयोग गर्नका लागि स्वास्थ्य कार्यालयले स्मरण गराएको छ । अहिले कोरोना रोगको सङ्क्रमण नभएको समयमा यसबाट बच्नका लागि सावधानी अपनाउनुपर्ने भएकाले स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्न र रोगसँग मिल्दोजुल्दो लक्षण देखिएमा सर्तकता अपनाउँदै स्वास्थ्य परीक्षण गराउन एवं घरकै एकान्तबासमा बस्न कार्यालयले भनेको छ ।

नुवाकोटका कोरोना रोग रोक्नको लागी त्रिशूली अस्पतालमा परीक्षणका लागि पीसीआर प्रयोगशाला, अक्सिजन उद्योग, भेन्टिलेटर, आइसियु र एचडियुसहित आइशोसन वार्ड सञ्चालनमा ल्याइएको छ । त्रिशूली अस्पताल, खरानीटार अस्पताल र स्थानीय तहले सङ्क्रमितको उपचारका लागि करिब ५०० आइसोलेशन श्यया सञ्चालनमा ल्याएको थिए । यो अहिले पनि कायम नै राखिएको छ । रासस

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ७ : ४० बजे

दक्षिण कोरियाले कागेश्वरी मनोहरालाई प्लास्टिक रिसाइक्लिङ मेसिन उपहार दिने

काठमाडौं- दक्षिण कोरियाले कागेश्वरी मनोहरा नगरपालिकालाई ६० लाख बराबरको २

कर्णाली करिडोरमा दिगो वन व्यवस्थापनसम्बन्धी सचेतना कार्यक्रम

घोडाघोडी– कैलालीको कर्णाली ‘करिडोर’मा दिगो वन व्यवस्थापनसम्बन्धी उपभोक्ता सचेतना कार्यक्रम

नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि

काठमाडौं– नेपालले एसीसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि हात पारेको

विपद् व्यवस्थापन : सेतीनदी तटीय क्षेत्रमा साइरन जडान

तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

युवालाई सामाजिक सञ्जालमा सक्रिय हुन कांग्रेस प्रवक्ता महतको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्रीडा. प्रकाशशरण महतले पार्टीका