प्रिमियरमा रुचाइयो ‘कठपुतली’ « Khabarhub

प्रिमियरमा रुचाइयो ‘कठपुतली’


१५ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको हरर जनरामा निर्मित फिल्म ‘कठपुतली’को बुधबार काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर गरिएको छ । फिल्म हेरेपछि फिल्मकर्मीले कलाकारको अभिनय, निर्देशन, स्क्रिनप्ले, छायांकन, साउन्ड डिजाइन, लाइटिङ, फ्रेमिङ र सम्पादनको प्रशंसा गरे ।

निर्माता तथा निर्देशक आकाश अधिकारीले फिल्मको पटकथा राम्रो रहेकाले दर्शकलाई फिल्मे बाँध्ने बताए । अर्का निर्देशक प्रदीप भट्टराईले फिल्मको साउन्ड, लाइटिङ, प्रोडक्सन, कस्ट्यूम, अभिनयको कुराले फिल्म बलियो बनेको जनाए । उनले फिल्ममा उठाइएको महिला सशक्तिकरणको कुराले फिल्म हेर्न लायक बनेको दाबी गरे ।

अभिनेत्री तथा निर्मात्री निशा अधिकारीले फिल्ममा पहिलो पटक स्वदेशी भूत हेर्न पाएकोमा खुसी व्यक्त गरिन् ।

भीमसेन लामा निर्देशित फिल्म मिथिला शर्मा, कर्मा र उषा रजकमाथि केन्द्रित छ । पिताको गलत निर्णयले ढल्ने अवस्थामा पुगेको राजतन्त्रलाई जोगाउन निस्किएको राजकुमारको जीवनमा आउने विभिन्न घटनाक्रमलाई देखाइएको फिल्ममा मिथिला शर्माको अभिनय बुलन्द छ । फिल्ममा गौरी मल्ल र शिल्पा मास्केको पनि अभिनय छ ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहीबार  १ : २४ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील