‘चिसो एस्ट्रे’ टिजरमा मदनको सहरीया ताण्डव | Khabarhub Khabarhub

‘चिसो एस्ट्रे’ टिजरमा मदनको सहरीया ताण्डव


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘चिसो एस्ट्रे’को टिजर सार्वजनिक भएको छ । काठमाडौं सहरलाई चिसो एस्ट्रेका रुपमा बिम्बित गर्दै तयार भएको फिल्मको टिजरले फिल्मका मुख्य पात्रलाई चिनाउँदै गाउँले केटोको सहरीया रहरलाई देखाइएको छ ।

दिन्श पाल्पाली निर्देशित फिल्म आगामी चैत ४ बाट प्रदर्शनमा आउदैछ । ‘एउटा गाउँले ठिटो सहरी ठिटो बन्ने चक्करमा कसरी चुरोटको ठुटो बन्छ, फिल्म यही दर्शनमा केन्द्रित रहेको छ,’ फिल्मबारे दिन्श भन्छन् ।

दिन्शले यसअघि ‘बालकृष्ण समः अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिए, जुन काठमाडौं पर्वतीय फिल्म महोत्सव (किम्फ)सँगै थाइल्यान्ड, क्यालिफोर्निया, चीन आदि देशका फिल्म महोत्सवमा छनोट भई विभिन्न अवार्ड जितेको थियो ।

फिल्ममा दिव्य देव, नवीन लम्साल, निकुन श्रेष्ठ, सुशील राज पाण्डे, रवीन तामाङ र सृष्टि श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ ।

कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मका प्रस्तुतकर्ता महेशबाबु तिमल्सिना हुन् । निर्माणमा भने महेश बाबुलाई प्रबिन स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । फिल्मको सह निर्माता रुपेश ढुंगाना र नविन ढुंगाना रहेका छन् ।

दिन्शकै लेखन र गीत रहेको फिल्ममा अजर जंगमको संगीत, उज्जवल बस्ताकोटीको छायांकन तथा प्रशान्त रसाईली क्रिएटिभ हेड छन् ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ११ : २२ बजे

गण्डकी प्रदेशस्तरीय क्रिकेट : तनहुँ र स्याङ्जा विजयी

कास्की – पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय

अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद – भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

जलेश्वर – विगत केही दिनदेखि एक्कासी गर्मी बढेपछि महोत्तरीको बर्दिवास

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

अछाम – अछामको मङ्गलसेन नगरपालिकाले आफ्न्नो नगरको फोहोरको व्यवस्थापन गर्न

जहाँ जाऊ लागिरहन्छ माया देशको…

काठमाडौं – “मेरो बाउबाजे नेपाल आउन नपाई संसार त्याग्नुभयो, म