‘फास्ट एण्ड फ्यूरियस’बाट अलग्गिने ड्वेनको घोषणा « Khabarhub

‘फास्ट एण्ड फ्यूरियस’बाट अलग्गिने ड्वेनको घोषणा


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(अमरउजाला)– हलिउडको सुपरहिट फिल्म सिरिज ‘फास्ट एण्ड फ्यूरियस’ विश्वमाझ लोकप्रिय छ । यो फिल्मका हरेक पात्र दर्शकले मनपराएका छन् । हलिउडका दिग्गज अभिनेता ड्वेन जोनसनले सन् २०११ मा ‘फास्ट एण्ड फ्यूरियस’को सिरिज ‘फास्ट फाइव’मा मुख्य भूमिका निभाउदै यो फ्रेञ्चाइजीमा पाइला चालेका थिए । दर्शकले उनको भूमिकालाई निकै मनपराएका थिए ।

केही समय अघि सिरिजका दुई प्रमुख कलाकार विन विन डीजल ड्वेन जोनसनबीच शीतयुद्ध रहेको खबर बाहिर आएको थियो । यहीकारण जोनसनले सिरिजबाट अलग्गिने निर्णय लिएका छन् ।

रेसलिङका अलावा अभिनयमा पनि लोकप्रियता हासिल गरेका जोनसनलाई विश्वव्यापी रुपमा धेरैले मनपराउछन् । तर पनि डीजलसँग जारी विवादका कारण उनले सिरिजको १० औं सिजनबाट अलग्गिने निर्णय लिएका छन् ।

‘म आफ्नो बोलीमा दृढ छु र म जहिल्यै कलाकारको समर्थन गर्छु । यो फ्रेञ्चाइजी सफल होस् भन्ने जहिल्यै कामना गर्छु । तर फ्रेञ्चाइजीमा म फर्किने सम्भावना सकिएको छ’, उनले भनेका छन् ।

सन् २०१६ मा विन र ड्वेनबीच ‘द फेट अफ द फ्यूरियस’को समयमा झगडा भएको थियो । झगडापछि यी दुई कलाकारबीच प्रायः तनाव सिर्जना भइरहेको थियो ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  १२ : ४२ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक