‘फास्ट एण्ड फ्यूरियस’बाट अलग्गिने ड्वेनको घोषणा « Khabarhub

‘फास्ट एण्ड फ्यूरियस’बाट अलग्गिने ड्वेनको घोषणा


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(अमरउजाला)– हलिउडको सुपरहिट फिल्म सिरिज ‘फास्ट एण्ड फ्यूरियस’ विश्वमाझ लोकप्रिय छ । यो फिल्मका हरेक पात्र दर्शकले मनपराएका छन् । हलिउडका दिग्गज अभिनेता ड्वेन जोनसनले सन् २०११ मा ‘फास्ट एण्ड फ्यूरियस’को सिरिज ‘फास्ट फाइव’मा मुख्य भूमिका निभाउदै यो फ्रेञ्चाइजीमा पाइला चालेका थिए । दर्शकले उनको भूमिकालाई निकै मनपराएका थिए ।

केही समय अघि सिरिजका दुई प्रमुख कलाकार विन विन डीजल ड्वेन जोनसनबीच शीतयुद्ध रहेको खबर बाहिर आएको थियो । यहीकारण जोनसनले सिरिजबाट अलग्गिने निर्णय लिएका छन् ।

रेसलिङका अलावा अभिनयमा पनि लोकप्रियता हासिल गरेका जोनसनलाई विश्वव्यापी रुपमा धेरैले मनपराउछन् । तर पनि डीजलसँग जारी विवादका कारण उनले सिरिजको १० औं सिजनबाट अलग्गिने निर्णय लिएका छन् ।

‘म आफ्नो बोलीमा दृढ छु र म जहिल्यै कलाकारको समर्थन गर्छु । यो फ्रेञ्चाइजी सफल होस् भन्ने जहिल्यै कामना गर्छु । तर फ्रेञ्चाइजीमा म फर्किने सम्भावना सकिएको छ’, उनले भनेका छन् ।

सन् २०१६ मा विन र ड्वेनबीच ‘द फेट अफ द फ्यूरियस’को समयमा झगडा भएको थियो । झगडापछि यी दुई कलाकारबीच प्रायः तनाव सिर्जना भइरहेको थियो ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  १२ : ४२ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर