बहुपदीयमा फर्किएको माओवादीले मिश्रित निर्वाचन प्रणालीमार्फत नेतृत्व चयन गर्दै « Khabarhub

बहुपदीयमा फर्किएको माओवादीले मिश्रित निर्वाचन प्रणालीमार्फत नेतृत्व चयन गर्दै


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले मिश्रित निर्वाचन प्रणालीवाट पहिलो पटक नयाँ नेतृत्व चयन गर्दैछ ।

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा जारी महाधिवेसनमा नयाँ विधान पारित भए लगत्तै मिश्रित निर्वाचन प्रणालीमार्फत नयाँ नेतृत्व चयन गर्न लागेको हो ।

स्थायी समिति सदस्य देवप्रसाद गुरुङले पेश गरेको विधान मस्यौदा पारित भएसँगै माओवादी केन्द्रले आगामी केन्द्रीय समितिमा ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्णसमानुपातिक प्रणालीमार्फत नयाँ नेतृत्व चयन गर्नेछ ।

माओवादीको नयाँ केन्द्रीय नेतृत्व अब २ सय ९९ सदस्सीय हुनेछ भने जसमा १५ प्रतिशत मनोनित प्रक्रियाबाट आउनेछन् । यसअघिको १० प्रतिशतलाई बढाएर मनोनित हुने सदस्यको संख्या १५ प्रतिशत बनाइएको छ।

पुनः बहुपदीय प्रणालीमा फर्केको माओवादीको यस महाधिवेशनले १५ सदस्सीय पदाधिकारी चयन गर्नेछ । जसअनुसार सुरुमा केन्द्रीय समिति चयन हुनेछ भने केन्द्रीय समितिले क्रमशः पोलिट्ब्यूरो, स्थायी समिति र पदाधिकारी चयन गर्ने छ ।

नयाँ विधान अनुसार ५० प्रतिशत पूर्ण समानुपातिकतर्फका लागि युवा, दलित, महिला, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारु, अपांगता भएका ब्यक्ति पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ । निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । आजै उम्मेदवारी दर्ता गरिने कार्यतालिका छ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ६ : २० बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन